पुस ८, रोल्पा । रोल्पा प्रहरीले ५ किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुलिचौर थवाङ सडक खण्डमा संचालन गरिएका सवारी साधनलाई चेक जाँच गर्ने क्रममा उक्त चरेस पक्राउ गरिएको हाे ।
सुनछहरी गाउँपालिकाको फुलिवन हुँदै सुलिचौर तर्फ आउँदै गरेको रा.१ज. ६८९ नं. को जीपलाई चेकजाँच गर्ने क्रममा रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ की ५५ बर्षीया वरमाया पुन चरेस सहित पक्राउ परेकी हुन् ।
उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत रोल्पाबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए ।
रोल्पामा ठुलो मात्रामा चरेस उत्पादन र निकासि हुने गरेको सुचनाका आधारमा रोल्पा प्रहरीले चरेश निकासि हुनसक्ने नाका र सवारी साधनमा चेक जाँच बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस