प्रचण्डलाई फेसबुकमा गाली गरेको आरोपमा होटल व्यवसायी पक्राउ


पुस ८, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गरेको आरोपमा चितवनका एक होटल ब्यवसायी पक्राउ परेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ लाई गाली गरेर स्टाटस पोष्ट गरेको भन्दै ठाडो उजुरीका आधारमा होटल व्यवसायी तथा काँग्रेस कार्यकर्ता सुबोध प्रधानलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

‘प्रचण्ड’ को मानमर्दन हुनेगरी स्टाटस लेखेको भन्ने उजुरी परेपछि प्रधानलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । उजुरीकर्ताको परिचय गोप्य राख्दै प्रधानको आरोपबारे सोधपुछ भइरहेको उनले जानकारी दिए ।

नेपाली कांंग्रेसका महासमिति सदस्यसमेत रहेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाईल्डलाईफ रिसोर्टका प्रमुख एवम् तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

८ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको