पिक अप भ्यानले ठक्कर दिँदा डेढ वर्षीय बालिकाको मृत्यु


पुस ८, महोत्तरी । महोत्तरीको बर्दिबासमा दूध बोकेको पिक अप भ्यानले ठक्कर दिँदा एक दूधे बालिकाको ज्यान गएको छ ।

आइतबार बिहानको समयमा दूध संकलन गर्ने क्रममा पिक अप भ्यानले ठक्कर दिँदा बर्दिबास नगरपालिका ९ पशुपतिनगरका रामपुकार महतोकी डेढ वर्षीया छोरी आरतीकुमारी महतोको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासले दिएको जानकारी अनुसार ना १ च ९७२८ नम्बरको विजय दूध डेरीको पिक अप भ्यानको ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान गएको हो ।

ठक्कर दिने गाडीसहित सवारीका चालक धनुषा मिथिला नगरपालिका ५ का ४२ वर्षका केशव गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

अहिले बालिकाको शव पोष्टमार्डमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

२०७५ पुष ८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको