महासमिति बैठकबाट काँग्रेस विधान सर्वसम्मतिले पारित


पुस ८, काठमाडौं । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।

विधान पारित भएसँगै नौ दिन अघि सुरु भएको काँग्रेस महासमिति बैठक पनि समापन भएको छ । आइतबारको महासमिति बैठकमा महासमिति सदस्यहरुले विधानका बारेमा राखेका जिज्ञासाको सभापति शेरबहादुर देउवाले जवाफ दिएका थिए ।

सभापति देउवाको जावफपछि महासमिति सदस्यहरुले टेवल ठटाएर समर्थन गरेका थिए । आइतबारको बैठकमा सभापति देउवाले विधान मस्यौदाका साथै महासमिति बैठकमा पेश भएका राजनीतिक, सांगठानिक, आर्थिक र लेखा प्रतिवेदनमा सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।

संघीय संरचना अनुसार पार्टीका संरचना बदल्न काँग्रेसले विधान संशोधन गरेको हो ।

२०७५ पुष ८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको