पुस ८, लमही । दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ ।
उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ।
दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन रु एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि रु एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताए।
उनका अनुसार अबको एक महिनामा चार लेन बनाउने काम सुरू भई दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ।
भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको निर्देशक खनालले बताए। सो सडक बनाउने काम आइसिवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने उनको भनाइ छ ।
बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ।
सडक चार लेन बनाउने विषयमा यसअघि पनि सरकारले बजेट भाषण भए पनि काम सुरू हुन सकेको थिएन । रासस
प्रतिक्रिया दिनुहोस