पौष ०८, मुगु । मुगुमा सरकारी योजनामा अनियमितता गर्दै आएका महेष कठायतलाई विप्लव नेतृत्वको नेकपाले कालोमोसो दलेर कारबाही गरेको छ । आइतबार दिउसो सदरमुकाम गमगढीमा कालो मोसो दलिएको नेकपा निकट एक नेताले बताए ।
मुगुमा छाँयानाथ रारा नगरपालिकाको ईन्जिनियर महेष कठायतले गत वर्षमा सीआईपी सामुदायिक सिचाइ योजनाका उपभोक्ताहरुबाट १० प्रतिशतका दरले असुल्ने गरेका थिए ।
अहिले पनि हरेक योजनाको १० प्रतिशतको दरले असुल्दै आएको थाहा पाएपछि निजमाथि सदरमुकाम गमगढीमा कालो मोसो दलि जनकारबाही गरेको नेकपाले जनाएको छ ।
महेष कठायतलाई नेकपाले विगत देखि यसरी अनियमितता नगर्न पटक पटक चेतावनी दिंदै आएको तर बेवास्ता गर्दै अनियमितता गर्दै आएपछि निज कठायतलाई जनकारबाही गरेको नेकपाले जनाएको छ । स्थानीय बासीले हरेक योजनामा रकम असुल गरेको गुनासो समेतलाई ध्यानमा राखेर कारबाही गरेको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस