रोल्पाका नरबहादुर पुनको मलेसियामा निधन, शव अलपत्र अबस्थामा


चोम बिष्ट/पौष ०८, रोल्पा । मलेसिया रोजगारमा रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका अरेस धाराखर्कका नरबहादुर पुन मगरको शनिबार दिउसो मृत्यु भएको छ । मलेसियाको सिलाङ मेरु जलान कापकोटमा उनको मृत्य भएको हो ।

अवैधानिक रुपमा कामगर्दै आएका पुन अस्थाई रुम लिएर बस्दै आएका थिए । पुन केहि समय देखि बिरामी भएको उनि नजिक रहेका समिर राहु मगरले पोष्टपाटीलाई बताए ।

पुनको शव बेवारिसे अबस्थामा रहेको थियो । शव निरक्षणका लागि आएको स्थानीय प्रहरीले पुन संग कुनै कागजात नभेटेपछि फर्किएको थियो तर शव दुर्गन्धित हुन थालेपछि पुनः प्रहरीले उठाएको जनाइएको छ ।

मृतकको पहिचान हुन नसकेपछि सामाजिक संजाल फेसबुक मार्फत पहिचान भएको थियो ।

पुन बिगत ५ बर्ष देखि मलेसियामा रहेका थिए । काबेली म्यानपावरबाट मलेसियाको बिएचएचबि कम्पनीमा गएका पुन साढे चार बर्ष देखि कम्पनि छोडेर अवैधानिकरुपमा बस्दै आएका थिए ।

पुन गएको भदौ महिना देखि सम्पर्कमा नआएको उनका बाबा खैलाल पुनले बताए । घरमा बाबा र आमा कान्छो छोरा नरबहादुर पुन मगरको आड भरोसामा बस्दै आएका थिए ।

उनका ३ दिदिहरु र एक बहिनी छन् । पारिवारिक स्थिति दयनीय रहेको छ । उनकै भरमा रहेका बुवा आमाले छोराको निधन भएको खबर सुनेपछि स्तब्ध भएका छन्, अहिले बेसहारा बनेका छन् ।

नोट: मृतकको नाम फरक हुन गएकोले सच्याइएको छ, रमेश पुनलाई नरबहादुर पुन मगर सच्याइएको छ ।

८ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको