बर्खास्तमा परेका एसपी विष्टले लेखे यस्तो भावुक स्ट्याटस


पुस ८, डोटी । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ढिल्ल्ीराज विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएको छ ।

‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वाभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेख्नुभएको छ ।

८ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको