दाङ सहित देशभरबाट आकाश र आश्माको ‘ड्रिम गर्ल’लाई मिल्यो सुखद प्रतिक्रिया


मङ्सिर ७,दाङ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट प्रदर्शनमा आएको विग बजेट फिल्म ‘ड्रिम गर्ल’ले दाङ सहित देशभरबाट सुखद प्रतिक्रिया प्राप्त गरेको छ।

नायक आकाश श्रेष्ठ र निर्देशक ऋषिराज आचार्यको गृहजिल्ला दाङका दर्शकले ‘ड्रिम गर्ल’ पुर्ण मनोरञ्जनात्मक भएको र फिल्म हेरुनजेल दर्शकलाई बाधेर राख्ने सक्ने खालको भएको बताएका छन् । दाङमा ‘ड्रिम गर्ल’ हेरेका धेरैजसो दर्शकले फिल्मको स्टोरी,आकाश र आश्माको त्यो सुहाएको जोडी र रारा देखि थाइल्यान्डसम्मको मनमोहक दृश्यलाई औधी रुचाएका छन् ।

उता राजधानी काठमाडौ सहित देशका प्रमुख शहरहरुमा पनि फिल्मको व्यापार र प्रतिक्रिया सुखद रहेको र माउथ पब्लिसिटी उत्कृष्ट भएकाले भोलिबाट फिल्मको व्यापार अझ बढ्दै जाने निर्देशक आचार्यले बताए ।

नेपाल र थाइल्याण्डमा खिचिएको फिल्म ‘ड्रिम गर्ल’ मा आकाश श्रेष्ठ र आश्मा गिरिको साथमा शिशिर भन्डारी,विल्सन विक्रम राई ,सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् ।

लभस्टोरी जनरामा बनेको फिल्मलाई डि.सि.एन.ले वितरणको जिम्मा लिएको छ। दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी सँगको सहकार्यमा आर.बि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज आचार्य , अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ।

७ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको