नेपाल शिक्षक महासंघ प्रदेश ५ का शिक्षक कर्मचारीले बुटवल मन्त्रालय घेरे (फोटोफिचर)


मंसिर ७, बुटवल । विभिन्न मागहरु राखेर आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा सुक्रबार विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गरेको छ । उक्त घेराउ तथा र्याली प्रदर्शनमा प्रदेश ५ का सबै बिद्यालयहरुका शिक्षकहरु सहभागी भएका छन् ।

आन्दोलनमा सहभागी शिक्षक प्रेम बहादुर ओलीका अनुसार शिक्षक महासंघले विभिन्न २६ सुत्रियममाग राख्दै ५ हजार भन्दा धेरै शिक्षकहरुले सामाजिक बिकास मन्त्रालय बुटवलमा घेराउ गर्दै सभामा परिणत गरि धर्नामा बसेका थिए । सभालाई प्रदेश स्तरीय शिक्षक संगठनका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि चरण बढ्द थप आन्दोलन गर्ने शिक्षक महासंघले जनाएको छ ।

शिक्षक महासंघले विभिन्न २६ सुत्रियमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको छ । महासंघ तेस्रो चरणको आन्दोलनमा रहेको छ । महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने लगायतका मागहरु राखेको छ ।

तत्कालिन उच्च मा.वि.मा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग छ ।

शिक्षकहरु द्वारा आगामी मंसिर १४ गते शिक्षा मन्त्रालय काठमाडौं घेराउ गर्ने कायक्रम रहेको छ । यसरि शिक्षकहरुको मागहरु बेवास्ता गरिए मङ्सिर २१ गते देखि बिद्यालय बन्द गरि शैक्षिक आमहडतालमा उत्रिने शिक्षक महासंघले चेतावनी दिएको छ ।

बिरोध प्रदर्शनका केहि झलकहरु

हेर्नुहोस शिक्षकहरुका माग यस्ता छन् :

७ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको