मङ्सिर ८ को जनसभामा को–को बोल्दैछन् ? जनसभा हुने स्थान परिवर्तन गरियो


मङ्सिर ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीद्वारा (भाेलि) मङ्सिर ८ गते काठमाडौँमा आयोजित जनसभाको मुख्य वक्ता सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्क बहादुर विश्वकर्मा “प्रकाण्ड” रहेका छन्

साथै सभालाई कम्युनिस्ट तथा वामपन्थी नेताहरु सीपी मैनाली, ऋषि कट्टेल, गोपाल किराँती ‘साइँला’ लगायत नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

यस्तै सभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्नेछन् भने कार्यक्रम सञ्चालन पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलले गर्नेछिन् ।

कालीमाटीबाट सुररू हुने विभिन्न जनजाति, संस्कृतिसहितकाे जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले तथा बबरमहलबाट निस्कने जुलुसको नेतत्व पदम राईले गर्नेेछन् ।

यस्तै पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी र पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने नेकपा स्रोतले जनाएकोे छ ।

यस्तै शान्तिबाटिकामा हुने भनिएको नेकपाको (भोलि) मङ्सिर ८ को जनसभा भृकुटीमण्डपमा हुने भएको छ । देशभरबाट जनसहभागिता बढेपछि स्थान परिवर्तन गर्नुपरेको नेकपा जनाएको छ ।

७ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको