कात्तिक ६, नवलपरासी । नवलपरासीमा एक समुहको आक्रमणमा परेर एक युवकको मृत्यु भएको छ ।
आक्रमणमा एकजना गम्भीर घाईते भएका छन् । पूर्व रिसइबीका कारण उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । पाल्हीनन्द गाउँपालिका ३ कुश्मा बस्ने ३६ वर्षीय नर्वदेश्वर चौहानलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमण गर्ने समुह मृतक मल्लाह र घाइते चौहानका आफ्नै साथी हुन् । उनीहरु पहिलादेखि नै आलु, केरा, काठ लगायतका सामानहरुको व्यापार गर्दै आएका थिए । व्यापारकै सिलसिलामा उनीहरुबीच एक महिना अघि विवाद भई झगडा समेत भएको थियो ।
मल्लाह र चौहानसँग बदला लिने निहुँमा मल्लाह र चौहानमाथि सांघातिक आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि मल्लाहको मृत्यु भएको छ भने चौहान गम्भीर घाईते भएका छन् । उनको टाउकोमा चोक लागेको छ । उनी जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारार्थ छन् । आक्रमण गरि हत्या गर्ने समुह अझै फरार रहेको प्रहरीले बताएको छ ।
सोमबार राती ९ बजे सरावल गाउँपालिका ६ बडहरा दुबौलियामा रहेको घाइते चौहानको खेती हेरेर मल्लाह र चौहान घर फर्किदै थिए । दुवैजना खेत गएको मौका छोप्दै व्यापारी साथीहरुले प्रतापपुर गाउँपालिका ४ बर्दघाटे पुलमा उनीहरुलाइ भेटेर कुरा गर्ने भनि बोलाए ।
आक्रमण गर्ने सुमहले बर्दघाटे पुलमा बोलाएर मल्लाह र चौहानलाई मार्ने योजना बनाएको थियो । बर्दघाटे पुलमा मल्लाह र चौहान आएपछि आफनो कुरामा अल्झाउँदै पछाडीबाट चौहानको टाउकोमा रड प्रहार गरियो । प्रहारपछि चौहान बेहोस भएलगत्तै मल्लाहलाई पनि रडले टाउकोमै हानेर उनको हत्या गरेका थिए ।
राती ११ बजे चौहानलाइ होस आएपछि उनी भाग्दै घर आएर सबै घटना सुनाएको प्रहरीको दाबी छ । घटनाको बारेमा प्रहरीलाइ खबर गरेपछि ईलाका प्रहरी कार्यालय बेलाटारीले घटना स्थलबाट सहानीको शव, मल्लाहको भारतीय पलेटको मोटरसाइकल र मोबाईल फेला पारी शवको पोष्ट मार्टनका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।
व्यापारकै लागि मल्लाहले करिब ४ लाख रुपैयाँ आफना साथीहरुलाई दिएका छन्, जसको हिसाबकिताब नपाएपछि सहानी र उनका साथीहरुबीच विवाद शुरु भएको थियो । केहि दिन अगाडी मृतक मल्लाहले आफनो भाई दिवेन्द्र मल्लाहको सशस्त्र प्रहरीमा नोकरी लगाउन भनि घाइते चौहानलाई १ लाख ५५ हजार रुपैयाँ दिएका थिए ।
व्यपार र नोकरीका लागि दिइएको पैसा मागेकाले मृतक मल्लाह र उनका साथीहरु बीच झगडा भएको मृतककी श्रीमती अनारीदेवी मल्लाहले बताइन् । यता, प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस