राष्ट्रपति टिका प्रकरण बारे रबि लामीछाने देखि बाबुराम भट्टराई सम्मले यस्तो टिप्पणी गरे


कार्तिक ६, काठमाडौं । यसपालिको दशैँमा निकै भाइरल बनेको राष्ट्रपति टिका प्रकरण बिषयमा विभिन्न बौद्धिक व्यक्तिहरुले समेत टिप्पणी गरेका छन् । यहि बिषयलाई लिएर पुरानो ब्यबस्थाको अन्त्य भनिए पनि संस्कार नबदलिएको भन्दै सामाजिक संजालमा कम्युनिष्ट सरकार प्रति यतिबेला निकै आलोचना भैरहेको छ ।

पुरानो व्यवस्थाका पुराना शासकहरु फेरिए पनि व्यबस्थाको चरित्र नफेरिको भन्दै ओली नेतृत्वको कम्युनिष्ट सरकार प्रति सामाजिक संजालमा चर्को टिप्पणी बढेको हो ।

दशैँको टिका ग्रहण गर्दै राष्ट्रपति बिद्या देवी भण्डारी संग लपक्क झुकेर टिका ग्रहण गर्दै गरेको तस्बिरले पुरानो राजतन्त्रात्मक व्यबस्थाको शैलीलाई ब्यूताएको भन्दै निकै आलोचना बढेको छ ।

यसै बिषयमा राजनीतिज्ञ देखि संचारकर्मी तथा बौद्धिक वर्गका कुन कुन व्यक्तिले आफ्नो सामाजिक संजालमा के के भने हेर्नुहोस यो रिपोर्ट:

बाबुराम भट्टराई (नयाँ शक्ति पार्टीका संयोजक)

मार्क्स जीवित छँदै उनको नाउँमा गलत हर्कत गर्नेहरूलाई मार्क्सले भनेका थिए-If this is ‘Marxism’,I am no Marxist!अहिले नेपालको ‘कम्युनिष्ट’ सरकारलाई मार्क्सले हेरिरहेका भए भन्लान्-If this is ‘communism’, I am no communist!

रबि लामिछाने (संचारकर्मी)  

रैती नै हुन रुचाउने चाकडिवाज र राजा रानी नै हुन रुचाउने नव-महाराज/महारानीहरु जो घुडा टेक्छन/टेकाउछन,गणतन्त्र नेपालमापनि जनताको बाटो रोकेर सवारी चलाउछन।

म चाहिँ अब कसैले सवारी भन्दै बाटो रोक्यो भने मरिगएपनि रोकिन्न। रा प को “सवारी” चल्दा जनताले हिड्न पाउदैनन् भन्ने कुरा संविधानमै लेख्या भए समातेर थुन्नु। लाजको पसारो…

रबिन्द्र मिश्र (विवेकशील साझा पार्टी संयोजक)

दुखी प्रजा र सुखी राजाका कुरा:
हाम्रो मन र मत बदलिएपछि यो अवस्था आफैं बदलिनेछ। त्यसका लागि अब धेरै वर्ष पर्खिनु पर्दैन होला। अन्यथा प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको ‘आडम्बरी-सामन्ती समाजवाद’ एक या अर्को रूपमा प्रकट भइनै रहनेछ।

जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्।

विजय कुमार पाण्डे (लेखक तथा विश्लेषक)

यी सज्जनले जे गरे,सो गरे । गोर्कीले भनेका छन ‘घस्रन जन्मेको मान्छे उडन सक्दैन’ । तर सम्माननिय राष्ट्रपतिले पनि यी सज्जनलाइ , यो धनुष्टङकार मुद्रामा नबस्न आदेश हुनु पर्ने थियो।

यी सज्जनले राष्ट्रपति पदको मान होइन , नेपाली गणतन्त्रको अपमान गर्दैछन भनेर बुझिनु पर्छ ।

जुगल भुर्तेल (लेखक तथा विश्लेषक)

बिउँझिएर जनताले एकदिन
गाए ‘महान’ युद्धको गीत
‘सामन्त’हरूको भयो सफाया
दासमात्र रहे जीवित !!!!!!!!!!!

दिल निशानी मगर (लेखक तथा विश्लेषक)

जननेता स्व. मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा चावहिल चोकको सभालाई सम्बोधन गर्दै तत्कालिन राजा वीरेन्द्रलाई चुनौती दिंदै भनेका थिए-“आउ श्रीपेच फुकालेर चुनावमा लड्न म तयार छु महाराज ! हात नलम्काई बक्सियोस ! आँखा नचम्काई बक्सियोस ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस ! यदि सन्डमुसन्डहरुलाई नै चलाउने हो भने, यदि सन्डमुसन्डहरुलाई अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्‍यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस ।”

उनको अर्को मार्मिक भनाई पनि थियो- त्यो के भने “सामन्तवादको सामुल अन्त्य नभएसम्म राजा रहनु र नरहनुले खासै फरक पार्दैन।” तिनै महान विचारकको पत्नी भएका हिसाबले बिध्यादेवी भण्डारीलाई राष्ट्रपती स्विकार्न हजम भएको थियो। नत्र कुनैपनी दृष्टीबाट उहाँ यो देशको सर्वोच्च पदमा बस्न हैसियत प्राप्त मानिस हैनिन्।

जुन प्रकारको दशै टिकाका सामन्तवादी शैलीहरु जनताबाट चुनिएका भनिएका शासकका आगनमा देखिएका छन् त्यो गणतन्त्रको भद्दा मजाक बाहेक अरु केही हैन। मदन मण्डारीको महान विचारमाथीका अपमान बाहेक अरु केही हैन। नयाँ राजा बन्ने अभ्यासहरु बाहेक अरु केही हैन।

६ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको