कात्तिक ६, दैलेख । नारायण नगरपालिका-१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ ।
गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।
भवानी केन्द्र बिन्दू भएर असोज १९-२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।
प्रतिक्रिया दिनुहोस