‘ट्रायल’ पास गरेका पाँच लाखले किन पाएनन् ‘स्मार्ट लाइसेन्स’ ?


कात्तिक ६, काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका छैनन् ।

स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ ।

पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

६ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको