‘तनहुँ सेवा समाज युएई’ को प्रथम साधारणभेला भव्यताका साथ सम्पन्न


२१ सेप्टेम्बर २०१८,

श्याम कृष्ण, दुबई [युएई]

 

बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत तनहुँ जिल्लाबासी नेपालीहरुद्वारा  “हाम्रो तनहुँ हाम्रो शान, सहकारिता र सेवाको अभियान”  भन्ने मुल नाराका साथ् सेवा र सहकारिताको उद्देस्य राखी सामाजिक संस्था  “तनहुँ सेवा समाज युएई” को प्रथम साधारण भेला गत शुक्रवार, युएईको एक मुख्य शहर  बरदुबईमा अवस्थित सिल्भर स्पून होटेलमा १९ सदस्यीय कार्यसमिति गठन गरि सम्पन्न भएको छ ।

समाज सेवी तथा प्रवासी खेलाडी समेत रहनु भएका श्री हिरालाल श्रेष्ठको संयोजक रहनु भएको ५ सदस्यीय निर्वाचन समितीले आगामी सन २०१८-२०२० को दुई वर्षे कार्यकालको लागि कृष्ण पौडेलको अध्यक्षतामा नयाँ  कार्यसमिती सर्वसम्मतले चयन गरेको थियो ।  कार्यसमितिको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा प्रविण श्रेष्ठ, उपाध्यक्षमा भीम नरसिंग वस्नेत, महिला उपाध्यक्षमा श्रीमती कल्पना लामिछाने रिमाल, महासचिवमा कृष्ण सुनार, सचिवमा सुरिन भुजेल, कोषाध्यक्षमा फणिन्द्र राज अधिकारी, सह-कोषध्यक्षमा गणेश वानिया रहनु भएको छ भने सदस्यहरुमा, श्रीमती कमला थापा, याम थापा मगर, सुदीप कार्की, गणेश वस्नेत क्षेत्री, अपील भट्टराई, अम्मर पन्थी, देवराज आले, नेत्र लामिछाने, भुवन थापा मगर, सुश्री संगिता सोती तथा देव वहादुर शाही रहनु भएको छ ।

तदर्थ समिति संयोजक दिपक खड्का सभापति रहनु भएको उक्त कार्यक्रममा आमन्त्रित अन्य संस्था प्रतिनिधिहरु तथा अतिथिहरुले तनहुँ सेवा समाजको २ बर्षे कार्यकालका लागि नवनिर्वाचित पदाधिकारीहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर प्रवासी नेपालीहरुको हितका लागि निस्वार्थ सेवा पुर्याउनु हुनेमा बिस्वास राख्दै शुभकामना व्यक्त गर्नु भएको थियो |

नेपाली साहित्यका प्रथम पुरुष आदिकबि भानुभक्त आचार्य तथा बरिस्ठ गीतकार क्षेत्र प्रताप अधिकारी जस्तो श्रष्टा जन्माउने माटोमा  आफु पनि जन्मिन पाउदा गौरवान्वित महसुस भएको उल्लेख गर्दै तनहुँ जिल्लामा अवस्थित एतिहासिक , धार्मिक तथा पर्यटकीय स्थलहरुको समेत प्रचार त्यसको उन्नयन र विकासमा समेत सेवा मार्फत जोड दिईने कुरा समाजसेवीहरुले बताउनु भएको थियो |


कार्यक्रमका आयोजक सदस्य तथा बिगत ४ बर्ष देखि नेपाली समुदाय युएईको केन्द्रीय समिति कोषाध्यक्षमा आबद्ध रही सेवा पुर्याउदै आएका, तनहुँबासी समाजसेवी कृष्ण रायमाझीले, एक पृथक इतिहास बोकेको तनहुँ  जिल्लामा जन्मेका हामी सबैले गर्व गर्दै , आपसी हातेमालोमा समग्र नेपाली सभ्यता, साहित्य, संस्कृत तथा राष्ट्रिय जीवनका महत्वपूर्ण पक्षहरुलाई समेट्दै तनहुँ सेवा समाजले युएईमा क्रियाशील क्षेत्रीय, राष्ट्रिय तथा  अन्तरास्ट्रियस्तरका सामाजिक संस्थाहरु संग सहकार्य गर्दै नेपाली समाजको सकारात्मक बिकास र रुपान्तरणका लागि अहम भूमिका निर्बाह गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको छ |

७ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको