मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल


म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेका छन् । दुबै मिर्गौलाले काम नगर्ने भएपछि चार बर्ष देखि डाईलाइसीस गर्दै आएका सुनारले उपचारको लागि मनकारी व्यक्तिहरुसंग गुहार मागेका हुन् । चार बर्षसम्म डाईलाइसिस् गरेरै अलिकति भएको जायजेथा पनि सकियो’ सुनारले गहभरी आँशु बनाउँदै आफ्नो पिडा सुनाए ।

परिवारको आर्थिक अबस्था निकै कमजोरी भएकैले आजसम्म मिर्गौला प्रत्यारोपण गर्न नसकेको यथार्थ वताए । ‘बनस्थलीमा रहेको किड्नी अस्पतालमा उपचार गराईरहेको छु, डाक्टरहरुले किड्नी नै प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, घरपरिवारको आम्दानीको स्रोत केही छैन,’ सुनारले भने । सुनारका दुई छोरीहरु छन् । ‘फुल जस्ता छोरीहरुको लागि पनि बाँच्न चाहन्छु । यदि उपचार भएन भने पक्कै मर्छु तर मनमा यी कुराहरु आउने बित्तिकै छोरीहरुको यादले मलाई मर्न मन छैन तर बाँच्नको लागि उपचार गर्नुपर्छ, उपचार गर्न मसंग पैसा छैन’ भक्कानिंदै सुनारले आफ्नो मनको कुरा पोखे ।

दुई छोरा छोरीको पठन पाठनको लागि पनि केही गर्न सक्ने स्थिति नभएकोले गैर सरकारी संस्थाको सहयोगमा पठनपाठन गराउने गरेको र श्रीमतीले सडकमा मकै बेचेर भएको आम्दानीले जेनतेन गुजारा चलाउँदै आएको उनले बताए । थमबहादुर विरामी भएपछि उनका घरपरिवारले गाउँमा चन्दा उठाएर अस्पताल लगेका थिए । पछिल्लो समय डाईलाइसीस गर्दा गर्दै उनको दुबै हात सुनिएर उपचारमै समस्या थपिएको छ । डाक्टरले दुवै हातको अप्रेशन गर्नुपर्छ भनिरहेको छ ।

मान्छेको लागि मान्छे नै भगवान हो । देश बिदेशमा रहेका मनकारी मनहरुले आफुलाई जीवनदान दिनेछन् भन्ने कुरामा आशावादी रहेको आशय व्यक्त गरे । सहयोगको लागि पिडित थमबहादुर सुनारले आफ्नो सम्पर्क नम्वर ९८१८२५४१९४ समेत उपलब्ध गराएका छन् ।

७ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको