असोज ७ काठमाडौँ । विप्लब नेतृत्व नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको हो ।
उमा भुजेलका भाई पदमबहादुर भुजेल र टेक बहादुर केसीकी श्रीमती सीमा केसीले बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै रिहाइका लागि रिट निवेदन दर्ता गरेका थिए ।
रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।
दुवैजनाको रिटमाथि बहस गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न अादेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस