धन कमाउन विदेश गएका श्रीमानको निधन हुँदा रोल्पामा परिवारले झेल्दै ठुलो समस्या


असोज ६,राेल्पा । सुनिल स्मृती गाउपालीका ३ फर्साचौरका लंक बहादुर महरा ६ वर्ष पहिले घर परिवारको शुखद भविष्यका लागि विदेश पसे । श्रीमती छोरा, छोरी तथा घर परिवारको सपना सजाउन मरुभूमि कतार पुगे ।

२०६९ साल भदौ महिनामा कतार स्थित गल्फ कन्ट्राकटिङ कम्पनीमा काम गर्न गर्दै थिए । उनि २०७४ साल फाल्गुनमा वार्षिक विदा लिएर घर आए । धन कमाउन परदेश हिडेको ५/६ बर्ष पार गर्दा सम्म पनि उनले पारिवारिक ब्यबस्थापनका लागि प्रयाप्त धन कमाउन सकेनन ।

अनि, फेरी २०७५ बैसाक २८ गते पुन कतार फर्किए । कतार पुगेको ३ महिना पछि भदौ ६ गते साँझ आफ्नै बिस्तारामा सुतेको कहिलै नब्युझने गरि सदाको लागि निदाए ।

महराको परिवारमा श्रीमती, ३ छोरी, २ छोरा छन् । जेठी छोरीको भने बिबाह भैसकेको छ । २ छोरा भने नावालक नै छन ।

कमाइ कजाई गर्ने घरको मुली मान्छेले नै छोडेर गएपछी छोरा छोरीको पढाइ लेखाई, पालन पोषणमा समस्या भएको श्रीमती हरिकला महराले सुनाउनु भयो ।

मृतक लंक बहादुरका बाबा हुमलाल महरा बृद्द अबस्थामा छन् । छोराको निधनले गर्दा परिवारलाई आर्थिक जोहो गर्न निकै कठिन परेको बताउनु भयो।

घरको समस्याले गर्दा छोरो देश वाहीर गयो । छोराले अव म अन्तिम पटक गएर विदेश कहिल्यै नजाने गरि फर्किएर आउने भन्दै गएको क्षण सम्झिएर गहभरी आँशु भरिए । छोराको भनाइ सम्झिदा बाबालाई छोरा अझै ज्युदै छ झैँ लाउछ, उनले भने ।

मृतक लंक बहादुरका माहिली छोरी पृति महराले भाई वहिनीहरुको भबिस्यको लागी ७ मा पढ्दा पढ्दै छोडेको वताइन ।

श्रीमतीले यस्तो अवस्थामा कसैले सक्दो सहयोग गरे ठुलो राहत हुने आशा व्यक्त गरिन । कान्छी छोरी बिरमा महरा पनि केही समय अगाडी भिरवाट लडेर शरिरमा गहिरो चोट लागे पछि असक्त वनेकी छिन ।

बिदेशमा मृत्यु भएका लंक बहादुरकाे अन्त्यष्टी यही भदाै १५ गते धार्मिक संस्कार अनुसार गरिएकाे थियो ।

यसरी राेल्पावाट धन कमाउला, परिवारमा सुख्खका दिनहरू फिराउला भन्दै विदेशिने नेपाली युवाहरूकाे लास दिनानुदिन अाँउने गर्छ । यस्तो कहाली लाग्दा दिनहरू हरेक नेपालीहरुले कहिले सम्म झेलिरहने, सम्वन्धित पक्षले साेच्ने वेला अाएकाे छ।

७ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको