नेपाली जनप्रगतिशिल मोर्चा कतार ले मनायो ईद मिलन सहितको अान्तरिक प्रशिक्षण कार्यक्रम


नेपाली मजदुर हरुको साझा संगठनको रुपमा स्थापीत नेपाली जनप्रगतिशिल मोर्चा कतार ले मुस्लिम धर्मालम्बि हरुको दोस्रो महान चाड बकर ईद को पहिलो दिन शुभकामना आदानप्रदान गर्दै अन्तक्रिर्या प्रशिक्षण कार्यक्रम भव्य रुपले मनाएको छ।

सयौको सङ्ख्यामा उपस्थित नेपाली श्रमिकहरुले भरिएको हलमामा नयाँ जोस उमंग थपिएका श्रमिकहरु आफैमा रमाउदै विभिन्न जनवादी गीत सङ्गीत कविता र गजलहरुले नेपाली मजदुरहरुमा छुट्टै उत्साह थपिएको थियो ।

नेपाली जनप्रगतिशिल मोर्चा कतारका का. बा. अध्यक्ष शिशिर भण्डारीको सभापतित्व थियो भने कार्यक्रममा प्रमुख अतिथ्य मोर्चा केन्द्रिय समिती सल्लाहकार प्रमुख रमेश गिरिले गर्नु भएको थियो । महासचिव जय किशोर पोद्दारले संचालन गर्नु भएको कार्यक्रममा मोर्चाका उपाध्यक्ष साजन गुरुङ ले उपस्थित अतिथि, सहयोगी, समर्थक तथा शुभ चिन्तक हरुलाइ आफ्नो मन्तव्यले स्वागत गर्नु भएको थियो भने स्वागत गितमा आफ्नो नृत्यबाट स्वागत गर्दै केन्द्रिय सदस्य कुमार अधिकारीले थप उत्साह थप्नु भएको थियो ।

कार्यक्रममा बोल्दै दलित एकता संजाल कतार सचिव याम रसाइलीले कामी, दमाई, सार्की मात्र दलित नभई उत्पीडित नेपाली जनता, मुट्ठी भर सामन्तहरुबाट दलिएका चाहे त्यो क्षेत्री बाहुन नै भए पनि वास्तवमा दलित हुन भन्ने कुरा प्रस्ट्याउदै ती सामन्तहरुलाइ पाठ पढाउनै पर्ने बेला भएको जिकिर गर्नु भएको थियो।

सल्लाहकार राजेन्द्र लिम्बूले कतारमा रहेका संघ संगठनका भन्दा नेपाली जनप्रगतिशिल मोर्चा कतार फरक ढंगबाट अगाडी बढ्दै सम्पुर्ण संघसंगठनहरुलाई मजदुरहरुको सेवामा समर्पित गराउन प्रेरित गर्न आबस्यक रहेको बताउनु भएको थियो भने अर्का सल्लाहकार रेशम पौडेलले नेपाली जनप्रगतिशिल मोर्चा स्थापना काल देखि नै मजदुरहरुको पीडालाई आफ्नो पीडा सम्झ्दै आगामी दिनहरुमा पनि यस्तै काम हरु गर्दै अगाडी बढ्न मोर्चालाई सुझाव समेत दिनु भएको थियो।

कार्यक्रममा उठेका विभिन्न खाले जिज्ञासाहरुको सस्लेषण गर्दै कार्यक्रमका प्रमुख अतिथी रमेश गिरिले युवाहरू नै देशको भबिस्य भएको तर युवाहरुलाई स्वदेशमै रोजगारी व्यबस्था गर्ने हैसियत नभएका संसदबादी दलहरुले युवालाई विभिन्न जालझेल गरि बिदेशिन बाध्य बनाएको जिकिर गर्दै बिकल्प खोज्न पुनः युवाहरू जागरुक हुन आबस्यक रहेको बताउनु भयो । का. बा. अध्यक्ष शिशिर भन्डारीले देशमा विभिन्न प्रपोकाण्डा मच्चाउने भ्रष्टाचारी दलाल र बलत्कारीहरुको संरक्षण गर्ने सरकारलाई लखेट्नुको बिकल्प नरहेको जिकिर गर्दै पुनः एक पटक अन्तिम तयारीका साथ मुट्ठि कस्न आबस्यक रहेको बताउदै, सौहार्दपुर्ण बाताबरणमा कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न आआफ्नो ठाउबाट खेल्नु भएका भुमिका प्रति सबैलाइ धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो ।

सफल पार्न आआफ्नो ठाउबाट खेल्नु भएका भुमिका हरु प्रती सबैलाइ धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो।

२०७५ भाद्र ७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको