जापानको फुजी हिमालमा मगर संघको झण्डा फहरायो


जापानको सबै भन्दा अग्लो हिमाल माउण्ट फुजी (३,७७६मिटर) मा यहि अगस्ट १५ तारीखको दिन मगर संघको झण्डा फहराईएको छ । नेपाल मगर संघ जापानको एकता सहितको १९औँ महाधिवेशन मा प्रमुख अतिथिको लागी आमन्त्रीत नेपाल मगर संघ केन्द्रीय समितिका विदेश विभाग प्रमुख श्री रक्षा बहादुर रैका मगर सहितको टोलीले माउण्ट फुजीमा मगर संघको झण्डा फहराएका हुन ।
उक्त टोलीमा नेपाल मगर संघ जापानका निवर्तमान अध्यक्ष तथा हालका विदेश विभाग प्रमुख गंगा घर्ति मगर, बरिष्ठ उपाध्यक्ष पन्च टोम मगर, भुपु अध्यक्ष तथा सल्लाहकार कौडा बुढा मगर, साँस्कृतिक प्रमुख रुपलाल बुढा मगर, सहकोषाध्यक्ष मिरा डर्लामी मगर र पूनम पुन मगर रहेका थिए । १९औँ महाधिवेशनबाट जापानमा रहेका मगरहरूको ऐतिहासिक एकता भएको खुशियालीमा विश्व भर छरीएर रहेका लाखौँ मगरहरूलाई एउटा शन्देश दिन माउण्ट फुजीको चुचुरोमा मगर संघको झण्डा फहराउने निर्णय गरीएको भनाई उहाँहरूको छ ।

नागोया शहरमा सम्पन्न १९औँ महाधिवेशनले नविन थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदमा रित राना मगर र नविन थापा मगर को उम्मेदवार परेको भए पनि सबैको सल्लाहमा रित राना मगरले उम्मेदवारी फिर्ता लिए पछी नविन थापा मगर सर्वसहमतिमा अध्यक्ष चयन भएका थिए । उद्घाटन कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका लाली बुढाथोकी मगरको सालैजो गितमा स्टेज तात्तेको थियो । साथै एतिहासिक १९औँ महाधिवेशनको अवसरमा संघका सबै भुपु अध्यक्ष ज्यूहरूलाई सम्मान पत्र द्वारा सम्मान गरीएको थियो ।

गायिका लाली बुढाथोकी मगर र प्रमुख अतिथि रक्षा बहादुर रैका मगर लाई नवगठित कार्यसमितिले संघका संरक्षक तथा भुपु अध्यक्ष गम जुकजाली मगर को टोकियो स्थित आरति होटलमा अगस्ट १८ तारीख भव्य विदाई कार्यक्रम को आयोजना गर्दै विदा गरेको थियो । महासचिव रमेश राना मगरको अनुपस्थितिमा विदाई कार्यक्रमलाई सचिव सागर पुन मगरले संचालन गरेको थिए ।

७ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको