भदौ ७, सल्यान । दलित सेवा संघ सल्यानको आयोजनामा संञ्चालित बिभेदमा परिएका समुदायको जिवीकोपार्जन सुधार परियोजना सन २०१७ देखि सल्यान जिल्लाका कालीमाटी गाउँपालिका (वडाहरु१,२,३) बनगाड कुपिन्डे नगरपालिका (वडाहरु ८र९) र शारदा नगरपालिका (वडाहरु ६,७र१४) मा सञ्चालनमा रहेको छ ।
परियोजनाको मुख्य उदेश्य खाद्य तथा पोषण सुरक्षा अबिबृद्धी गर्दै गरिवि निबारण गर्ने रहेकाले दलित सेवा संघ सल्यानद्धारा सल्यानका कालीमाटी, बनगाड कुपिन्डे र शारदा नगपालिकका दलित तथा पछाडी पारिएका समुदायको पहुँच बृद्धी गर्न कृर्षी तथा पशुपालन कार्य सञ्चालन उदेश्यमा १४ वटा समुह गठन गरिएको थियो ।
त्यस मध्ये ५ रोपनी भन्दा कम जग्गा भएका तथा पछाडी पारिएका समुदाए कालीमाटी गाउँपालिका वडा नं १ को पोखरामा रहेको दलित बस्तीमा २० जनाको समुह गठन गरि समुहमा नियमित बचत तथा लगानी र पशुपालन कार्यमा सक्रिय रहेको प्रगतीशिल पशुपालन समुहले २०७४ असोज ११ गते समुहलाई जिवीको पार्जनमा टेवा पुर्याउने उदेश्यक साथ प्रतिब्यक्ति १ वटा बाख्राको दरले २० जनालाई बाख्रा सहयोग गरिएको थियो ।
नेपाल सरकारबाट कृर्षि ब्यबसायमा लागेका किसानको कृर्षी ब्यबसायलाई सुरक्षित गर्न पशु बिमा र बाली बिमा सुरु गरेकाले संस्थाले त्यसतर्फ ध्यान दिदै समुहको जिवीकोपार्जनमा थप प्रभावकारी बनाउन बिमा कार्यक्रम सञ्चालन गरेको छ । समुहमा बाख्राको स्वास्थ्य अबस्था बिग्रने र मर्ने खतरा रोक्न यो कार्यक्रम सञ्चालन गरिएको छ ।
पशुबिमा अभिकर्ता तोया चालिसेकोद्धारा प्रगतीशिल बाख्रापालन समुहका १५ जना कृषकका २५ वटा बाख्राको बिमा गरिएको सस्थाका कार्यक्रम संयोजक यज्ञ कुमार बिकले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस