भदौ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले तेस्रोपटक पक्राउ गरेको छ ।
प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको हो । लगतै उनलाई प्रहरीले अदालतको गेटबाटै पक्राउ गरेको छ ।
भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ ।
यसअघि चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो । लगत्तै उनलाई प्रहरीले काभ्रे लगेको थियो ।
प्रतिक्रिया दिनुहोस