नेकपाका केन्द्रिय सदस्य असल क्षेत्री गिरफ्तार


भदौ ७, काठमाडौं । नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (असल)लाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेको छ ।

महासचिव विप्लबसंग केन्द्रीय सदस्य असल क्षेत्री

महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेताकार्यकर्तालाई स सम्मान रिहा गर्न आग्रह गरेका छन् ।

आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिँदै विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

अहिले पार्टीका स्थायी समिति सदस्य प्रकाण्ड, पोलिटव्यूरो सदस्य पदम राइ, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रिय सदस्यहरु किरण राई, दीपेश राई, देव नारायण शाह र टेक बहादुर केसीलाई गिरफ्तार गरेर याताना दिइएको कम्युनिष्ट पार्टीले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ “सरकारले श्रखलापुर्ण गिरफ्तारी तुरुन्त रोकोस र गिरफ्तार सबै कमरेडलाई ससम्मान रिहा गरोस भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ ।”

७ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको