७ वटा शव हेलिकप्टर मार्फत जुम्ला लगियो


पुस ०७, तुलसीपुर । दाङको राम्रीमा भएको बस दुर्घटनामापरि मृत्यु भएका ७ जनाको शवलाई शनिबार हेलिकप्टर मार्फत जुम्ला लगिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत अपरान्ह चार बजे जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो ।

तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट उनीहरुको शव जुम्ला लगिएको हो ।

जुम्ला चन्दनाथ नगरपालिका वडा नं.१४ निवासी १९ बर्षीय १९ रिपेन्द्र शाही, चन्दनाथ नगरपालिका १० निवासी १६ बर्षीय रुपेश शाही, चन्दनाथ ननगरपालिका ३ निवासी १६ बर्षीय देबी प्रसाद उपाध्याय, जुम्ला चन्दनाथ नगरपालिका १० निवासी १७ बर्षीया बिपना खत्री, जुम्ला तिला गाउँपालिका वडा नं. ३ निवासी १९ को बर्षीय रमेश उपध्याय, जुम्ला रारालिखि गाउँपालिका वडा नं. १ बस्ने १९ बर्षीय जंग बहादुर बुढा र डोल्पा जगदुल्ला गाउँपालिका ५ निवासी १६ बर्षीय गजेन्द्र एडीको शब हेलिकप्टर मार्फत जुम्ला लगिएको हो ।

२०७५ पुष ७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको