पुस ७, काठमाडौं । भैरहवा ग्ल्याडीयटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ ।
ललितपुरले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि भैरहवालाई १७ रन आवश्यक परेको अवस्थामा योगेन्द्रसिंह कार्कीले २ रनमात्र दिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको ललितपुरले ओपनर जय किशन कोल्सावालाको अर्धशतकमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । कोल्सावालाले ५२ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५७ रनमा आउट भए । कोल्सावालालाई १८ औं ओभरको पाँचौ बलमा कृष्ण कार्कीले बोल्ड आउट गरेका थिए । ओपनर गौरभ तोमर र जयकिशन कोल्सावालाले ५ ओभर भित्र ४१ रनको साझेदारी गर्दै ललितपुरलाई राम्रो सूरुवात दिलाए ।
प्रतिक्रिया दिनुहोस