दाङ दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भयो (नाम र ठेगाना सहित)


पुस ७, दाङ । दाङको राम्रीमा भएको बस दुर्घटनामापरि मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार  दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १:१ जना रहेका छन् ।

जसमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।

त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।

त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्युभएको हो ।

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको