युएईबाट फैलियो ‘अन्तर्राष्ट्रिय नेपाली समुदाय’


डिसेम्बर २२, युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले
“अन्तर्राष्ट्रिय नेपाली समुदाय” घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना गरेको हो ।

डिसेम्बर २१ शुक्रबार दुबईको सिन्धपन्जाव रेस्टुरेन्टको सभाहलबाट एक उद्घोष तथा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय नेपाली समुदायको औपचारिकरूपमा सार्वजनिकीकरण गरिएको हो ।

सूचना तथा संचार प्रबिधिका माध्यमबाट विश्व नै एउटा गाउँ जस्तो बनिरहेको आजको अवस्थामा, तीब्रतर विश्वव्यापीकरणको लहरसंगै श्रमको पनि उत्तिकै गतिमा विश्वव्यापीकरण भैरहेको वास्ताविकताका माझ, नेपाल सरकारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड नै खडा गरी वैदेशिक रोजगार मार्फत सिर्जित रेमिट्यान्स आजको समयमा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड नै मानी यसलाई औपचारिक रुपमै प्रवर्द्धन गरिरहेको वर्तमान सन्दर्भमा, अन्य खाडी मुलुकहरुमा जस्तै यूएईमा पनि नेपाली श्रमिकहरुको संख्या उल्लेख्य ढंगले बढ्दै गैरहेको तथ्यलाई मध्यनजर गरि नेपाली श्रमिकहरुका सामू आउन सक्ने विविध संकटहरुको सामूहिक र संस्थागत रुपमा सामना गर्नुको साथै नपाली राष्ट्रिय सामाजिक , सांस्कृतिक, साहित्यिक मूल्य र मान्यताहरुको समयानुकुल सम्बर्दन बिकास र उन्नयन गरी प्रवासी नेपालीहरुको वहुआयामिक विकास प्रक्रियालाई सक्दो टेवा पुर्याउने मूल ध्येयका यो समुदायको रहेकोे छ ।

ई.सं ०४ सेप्टेम्वर २०१५ का दिन तदानुसार अर्थात् वि. स. २०७२ साल, भाद्र १८ गते, युएई को बरदुबईमा स्थित सिन्ध पन्जाब रेस्टुरेन्टमा, यूएईमा कार्यरत नेपाली श्रमिकहरुको समावेशी चरित्रको एक आम भेलाले गैह्रव्यापारिक, गैह्रराजनीतिक तथा बिशुद्ध समाजसेवामा समर्पित भै नेपाली समुदाय यूएईको गठन गरेको थियो ।

समावेसी चरित्रको सोहि भेलाले प्रवासमा संस्थागत सेवाको कार्यलाई थप नियमन, नियमित र व्यवस्थित गर्नका खातिर नेपाली समुदाय बिश्व भर को प्रथम संसोधित बिधान ०२ डिसेम्बर २०१६, शुक्रबारका दिन श्री राज लस्सी सेन्टर, बर-दुबई युएई मा सार्वजनिक गरि बिधान बमोजिम गठित र सर्वसम्मतले मनोनित केन्द्रिय कार्य समिति पदाधिकारीहरु द्वारा पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिएको थियो । त्यस उप्रान्त नेपाली समुदाय युएई , संयुक्त अरब इमिरेटसमा थप क्रियाशील हुदै युएईमा सक्रिय बिभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय , जातीय, धार्मिक तथा सामाजिक संघ सँस्थाहरु संग सहाकार्य र समन्वय गर्दै सेवा र राष्ट्रिय जीवनका बिबिध पक्षहरुको परदेशमा अनवरत सकारात्मक अभ्यासरत रहदै अगाडी बढी रहेको थियो ।

सन् ०२ डिसेम्बर २०१६, संसोधित बिधान सार्वजनिक गरेकै दिन युएईमा मात्र सिमित नेपाली समुदाय युएईको सेवाको संस्थागत कार्यलाई क्षेत्रीय रुपमै सिमित दायरालाई चिर्दै कार्यक्षेत्र फराकिलो बनाई यसको पहुँच बिश्व ब्यापी तुल्याउने भन्ने बिषयमा समेत छलफल भएको थियो । अर्थात झन्डै डेढ बर्ष पश्चात नेपाली समुदाय युएईको क्षेत्रीय सेवाको अवाधरणा बिस्तारित गर्दै, आजको आवश्यकता, प्रवासी नेपालीहरुको एकता भन्ने मूल नाराका साथ, खाडी , मध्यपुर्व , युरोप , अमेरिका लगायत बिश्वसमुदायमा, विविध पेशा, व्यवसाय, रोजगारी शैक्षिक उधेष्य आदिले अस्थाई / स्थाई रुपमा छरिएर रहनु भएका तमाम नेपालीहरुमा एकता, भातृत्व, सद्भाव, सहकारिता, सहकार्य साथै परोपकारी भावना राखी नेपालको बृहत्तर विकास, हित , समृद्दीमा सहयोग गर्न उत्साहित गराउने पवित्र उधेष्य लिई बिशुद्ध सामाजिक भावनाले ओतप्रोत भई बिकेन्द्रिकित सेवा, यसको बिकास , बिस्तार र पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमै अभ्यस्त गराउने मुर्त उधेष्य अनुरुप अन्तर्राष्ट्रिय नेपाली समुदाय को श्री गणेश गर्न पाउदा हामि अत्यन्त हर्षित र गौरवानुभूत भएका छौ, समुदायको प्रेसनोटमा उल्लेख छ ।

प्रेस नोट 

नेपाली समुदाय युएईको एक प्रवर्धित क्षेत्रीय दायरालाई मात्र फराकिलो गर्ने गरि बिधानमा मूल प्रस्तावनामा उल्लेखित र अन्य मुलभूत मर्महरुमा फरक नपर्ने गरी हामीद्वारा जारी गरिएको “अन्तर्राष्ट्रिय नेपाली समुदाय”को बिधान समेत सार्वजनिक गर्दछौ जुन नेपाल सरकार , जिल्ला प्रसाशन कार्यालय काठमान्डौमा संस्था ऐन २०३४ अन्तर्गत दर्ता न : ०१४/०७५/०७६ र समाज कल्याण परिषद दर्ता न: ४८५६५ द्वारा आधिकारिक बैधानिक रहेको समेत उद्घोष गर्दछौ । जसको कार्यालय बुढानिलकण्ठ न.पा-०२ मा रहने गरि व्यवस्था गरिएको छ । साविक नेपाली समुदाय युएईको केन्द्रीय समिति पदाधिकारीहरु नै अन्तर्राष्ट्रिय नेपाली समुदायको उद्घोष र लागु भए उसो अन्तर्राष्ट्रिय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषद, युएईको रुपमा एक क्षेत्रीय समितिको रुपमा परिमार्जित रही आफ्नो काम कार्वाही गर्ने निर्णय भएको समेत जानकारी गराउदछौ |

“अन्तर्राष्ट्रिय नेपाली समुदाय” को बिधानको दफा ३४ को उपदफा १ ले निर्देश गरे मुताविक अबको ३ महिना भित्र साधारण सभाको आयोजना गरि निर्वाचन समितिको गठन गरि कार्यसमितिको चयन गराउने छ, त्यतिन्जेल सम्म हालको केन्द्रीय कार्यसमितीले एक तदर्थ समितिको भूमिका निर्बाह गर्नेछ । यस प्रकार आगामी प्रथम अधिवेसन सम्मको लागि हाम्रो गृहकार्य नै सम्पूर्ण विश्व भर छरिएर रहेका नेपालीहरु , बहुआयामिक उधेस्यले स्थापित विभिन्न संघ संस्थाहरुलाई एकै छाता मुनि संगठित र एकत्रित गर्दै समावेसी साझा नेतृत्वको निर्माण गर्नु रहेको छ जसका लागि आजको यसै कार्यक्रमका बीच सार्वजनिक प्रेस बिज्ञप्ती मार्फत सहकार्य , सहकारिता र आबद्दताको लागी हामी बिनम्र आब्हान गर्दछौ ।

अन्त्यमा जसरी बिगतका दिनहरुमा हामी संगै सेवाको पवित्र कर्महरुमा व्यक्तिगत, संस्थागत रुपमा यहाँहरुले पुर्याउनु भएको अनुपम साथ सहयोग र सहाकार्यको लागी हामी अन्तर्राष्ट्रिय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषद, युएई मुक्तकण्ठले प्रसंशा व्यक्त गर्न चाहन्छौ ।

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको