पौष ०७, रोल्पा । रोल्पा त्रीबेणी गाउँपालिका ७, गैरीगाउँका बोनम्यारो पिडित प्रेम बहादुर पुनलाई उपचारको लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सहयोग अभियान थाल्ने भएको छ ।
पिडित पुनले आफ्नो उपचारका लागि अनुरोध गरेपछि समाजले एक बिज्ञप्ति जारिगरि देश बिदेशमा रहेका सहयोगी मनहरुलाई सक्दो सहयोग गर्न आग्रह गरेको हो ।
पुनको आर्थिक अबस्था निकै कम्जोर भएपछी उनको जिबन रक्षाको लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले विश्वका बिभिन्न देशहरुमा रहेका संस्थाहरुको पहलमा सहयोग गर्ने जनाएको छ ।
हेर्नुहोस भिडियो:
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापा र लेख प्रसाद रोकाद्वारा जारि प्रेस बिज्ञप्तिमा भनिएको छ, आर्थिक अबस्था निकै कम्जोर देखिएका बोण्डम्यारो पीडित प्रेम बहादुर पुनको जीवन रक्षाको लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय अनुसार विभिन्न देशका समितिहरुको पहलमा आर्थिक सङ्कलनमा जुट्न र देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सहयोग अभियानमा हातेमालो गर्नुहुन हार्दिक अनुरोध गर्दै सक्दो सहयोगगरि २९ बर्षिय युबा प्रेम बहादुर पुनको जीवन रक्षाको लागि जुट्न विनम्र अपिल गर्दछौ।’
पिडित पुन वैदेशिक रोजगारीको सिलसिलामा टर्की पुगेको २ महिना नपुग्दै एक्कासी बिरामी भएका थिए । टर्कीको एक हस्पिटलमा जाँच गराउदा पुनलाई बोण्डम्यारो भएको थाहा भएको थियो । डाक्टरको सल्लाह अनुसार बोण्डम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा पिडित प्रेम बहादुर पुन नेपाल फर्किएका थिए ।
तस्बिर: पिडित प्रेम बहादुर पुन र भावबिह्वोल भएको उनको परिवार
पुन नेपाल फर्किएपछी काठमाडौंको त्री.बी शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरादै आएका छन् । बोण्डम्यारो प्रत्यारोपणको लागि डा. अन्जन श्रेष्ठको अनुसार करिब ४० लाख लाग्ने भएको छ ।
रोल्पाली सेवा समाजले आफ्नो शाखा विभिन्न देशहरुमा बिस्तार गरेको छ । साउदी, कतार, युएई, मलेसियामा, कुवेत, बहराइन, जापान लगायतका देशहरुमा संस्था क्रियाशील रहेको छ ।
यस अघि साउदी जेलमा ब्लडमनि सजाय भोगेका रोल्पाका दिल बहादुर घर्तीलाई आर्थिक सहयोग समेत गरेको थियो ।
हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ:
रोल्पा त्रीबेणी गाउँपालिका ७, गैरीगाउँ निबासी प्रेम बहादुर पुन वैदेशिक रोजगारीको सिलसिलामा २०७४ माघ २३ गते टर्की पुगेको २ महिना नपुग्दै एक्कासी बिरामी हुनुभएको थियो। टर्कीको एक हस्पिटलमा भर्नाभइ जाँच गराउदा पुनलाई बोण्डम्यारो भएको रिपोर्ट हस्पिटलले दिएको थियो । डाक्टरको सल्लाह अनुसार बोण्डम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा डाक्टरले नेपाल फर्कन सल्लाह दिएका थिए । बोण्डम्यारो प्रत्यारोपणको लागि आफ्नै वंशजको बोण्डम्यारो चाहिने र अत्यन्त महँगो हुने भएको हुँदा २०७५ जेष्ट २५ गते पिडित नेपाल फर्कनु भएको थियो ।
प्रेम बहादुर पुन नेपाल फर्किएपछी पुनः त्री.बी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा उपचार गरादै आएको र हालसम्म ८ लाख धेरै खर्च भिसाको छ । बोण्डम्यारो प्रत्यारोपणको लागि डा. अन्जन श्रेष्ठको अनुसार करिब ४० लाख लाग्ने भएको छ । तर उहाँ आर्थिक अबस्था निकै नै दयनिय रहेको र हालसम्म खर्च भएको ८ लाख पनि कर्जा लिएर उपचार भैरहेको छ। हाल परिवार सहित ससुराली बस्दै आएका पुनले उपचारका लागि आर्थिक अभियान संचालन गरिदिन यहि २०७५ पौष ३ गते अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई (हस्पिटलको रिपोर्ट सहित) निवेदन दिनु भएको जानकारी गराउदछु ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले स्थापनाकाल देखी हालसम्म दुई दर्जन भन्दा धेरै सामाजिक तथा मानव उद्धारका कार्यहरू सफलता पुर्वक सप्पन्न गरि सकेको कुरा अबगत गराउदै, आर्थिक अबस्था निकै कम्जोर देखिएका बोण्डम्यारो पीडित प्रेम बहादुर पुनको जीवन रक्षाको लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय अनुसार विभिन्न देशका समितिहरुको पहलमा आर्थिक सङ्कलनमा जुट्न र देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सहयोग अभियानमा हातेमालो गर्नुहुन हार्दिक अनुरोध गर्दै सक्दो सहयोगगरि २९ बर्षिय युबा प्रेम बहादुर पुनको जीवन रक्षाको लागि जुट्न विनम्र अपिल गर्दछौ।
सन्दिप थापा -अध्यक्ष
लेख प्रसाद रोका – महासचिव
त्रिबेणी गाउपालिका रोल्पाको सहयोगका लागि दिएको सिफारिस
पिडितले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई सहयोग गर्न दिएको निबेदन
प्रतिक्रिया दिनुहोस