टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो लास्साे एप


पुस ७, काठमाडौ । फेसबुकले  छाेटाे समयकाे भिडियो बनाउन तथा सेयर गर्न सकिने लास्साे नामक आफ्नाे नयाँ एप सार्वजनिक गरेकाे छ।

लास्साे एप लाई टिकटक काे प्रतिस्पर्धा काे रुपमा हेर्न थालिएको छ। याे एपमा टिकटककाे जस्तै इफेक्ट र फिल्टर्स हरु उपलब्ध रहेकाे छ। फेसबुकले सार्वजनिक गरेकाे याे एपमा भिडियो सम्पादन टुल्स मार्फत भिडियो मा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा रहेकाे छ।

लास्साे एप अहिलेलाइ अमेरिकी प्रयाेगकर्तालाई मात्र उपलब्ध रहेकाे छ। याे एप एन्ड्राेइड र आइओएस दुबै अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ। फेसबुकले अहिले प्रयाेगकर्ताबाट सुझाब तथा गुणासा हरु संकलन गरिरहेकाे छ।

याे एप चलाउनकाे लागि फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गर्न सकिने छ।

२०७५ पुष ७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको