दाङ दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २३ पुग्यो


पुस ०७, दाङ । दाङको तुलसीपुर राम्रीमा भएको बस दुर्घटना परि मृत्यु हुनेहरुको संख्या २३ पुगेको प्रहरीले जनाएको छ । शनिबार बिहान थप एक जनाको मृत्यु भएको जनाइएको छ ।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडानम्वर–३ राम्रीमा हिजो साँझ बस दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइते कन्करा गाउँपालिका–५ का १८ वर्षिय बिरेन्द्र कन्कराको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी शाहीका अनुसार दुर्घटनामा परी बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वलीको मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षिय बिजय जीएम, जाजरकोटका अतिस नेपाली, जुम्लाका हिक्मत बोहोरा र कञ्चनपुरका खेमराज भट्टको मृत्यु डिएसपी शाहीले जानकारी दिनुभयो । मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

 

 

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको