ललितपुरको बालकुमारीमा डरलाग्दो दुर्घटना


पौष ०७, काठमाडौं । शनिबार बिहान साढे २ बजे ललितपुरको बालकुमारीमा डर लाग्दो दुर्घटना भएको छ । कोटेश्वर–कलंकी सडक खण्डको बालकुमारीमा बा ४ ख ७८०२ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

बाटोमा गुडिरहेको टिपर सडकबीचको डिभाइडरमा ठक्कर दिँदै रेलिङ भत्काएर किनारमा पार्किङ गरी राखेको अर्काे ट्रकमा ठक्कर खाई नजिकैको टहरोमा गएर जोतिएको थियो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

****

यो पनि पढ्नुहोस

दाङ दर्दनाक दुर्घटना: मृतक २२ मध्ये पाँच जनाको सनाखत

पुस ७, दाङ । घोराहीबाट सल्यानको कपुरकोटमा अध्ययन भ्रमण गरी फर्कदै गरेको बस दुर्घटनामा परि मृत्यु भएका २२ मध्ये ५जनाको सनाखत भएको छ ।

एक जना विद्यार्थी, दुई जना शिक्षक, एक जना पहिचान स्पष्ट खुल्न नसकेका व्यक्ति र बसका चालकको सनाखत भएको हो ।

ज्यान गुमाउनेहरुमा शिक्षकद्वय नरेश ओली र प्रदीप घिमिरे रहेका छन् । रुकुमपूर्वको भूमे गाउँपालिका ६ तामारी घर भएका २८ बर्षीय ओली र घोराही १७ का २८ बर्षीय घिमिरेको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

त्यस्तै विद्यार्थी घोराही १४ का १७ बर्षीय बिजय जीएम र बस चालक घोराही ३ का ३२ बर्षीय मदन केसीको निधन भएको छ । त्यस्तै दंगीशरण १ का ३० बर्षीय सञ्जीव रत्गैयाको पहिचान खुलेको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । जसमा ४ पुरुष र ११ महिला रहेका छन । घाइतेहरुको कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

दुर्घटनाका १५ जना घाइतेहरुको नाम र ठेगाना
उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्ये १० जना पुरूष र ५ जना महिला छन्।

१) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ वर्षीया छात्रा मिहाली हमाल

२) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री

३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया

४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी

५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का

६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल

७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी

८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया

९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना

१०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन

११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल

१२) रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी

१३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट

१४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली

१५) नाम थर नखुलेको अन्दाजी १६/१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक शुक्रवार विहान ७ बजे अध्यन भ्रमणको लागि सल्यान गएका थिए ।

वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार गएर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति साढे १२ बजेसम्म उद्धार गरिएको थियो ।

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको