दाङ बस दुर्घटना अपडेट: शवहरु घरसम्म पुर्याउने तयारी


पुस ०७, दाङ । दाङको तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटना परि मृत्यु हुनेहरुको शनिबार पोष्टमाटम भएको छ । मृतकहरुकाे पाेष्टमाटम पश्चात् शबहरु घर सम्म पुर्याउनका लागि गृहमन्त्रालयमा समन्वय भैरहेकाे प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

यता सिटिई भिटिका क्षेत्रीय डाक्टर यादब सुबेदिले सबै घाइतेहरुकाे उपचार सिटिई भिटिले मिलाउने बताएका छन । उनले घटनाका बारेमा दुख ब्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमिहुन नदिने पनि बताए ।

घोराहीबाट सल्यानको कपुरकोटमा अध्ययन भ्रमण गरी फर्कदै गरेको बस दुर्घटनामा परि मृत्यु भएका २२ मध्ये ५ जनाको सनाखत भएको छ ।

एक जना विद्यार्थी, दुई जना शिक्षक, एक जना पहिचान स्पष्ट खुल्न नसकेका व्यक्ति र बसका चालकको सनाखत भएको हो ।

ज्यान गुमाउनेहरुमा शिक्षकद्वय नरेश ओली र प्रदीप घिमिरे रहेका छन् । रुकुमपूर्वको भूमे गाउँपालिका ६ तामारी घर भएका २८ बर्षीय ओली र घोराही १७ का २८ बर्षीय घिमिरेको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

त्यस्तै विद्यार्थी घोराही १४ का १७ बर्षीय बिजय जीएम र बस चालक घोराही ३ का ३२ बर्षीय मदन केसीको निधन भएको छ । त्यस्तै दंगीशरण १ का ३० बर्षीय सञ्जीव रत्गैयाको पहिचान खुलेको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । जसमा ४ पुरुष र ११ महिला रहेका छन । घाइतेहरुको कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

२०७५ पुष ७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको