ककपिटबाहिरका कमाण्डर, उडान हुँदा हतियार लिएर टावरमा यसरी पुग्छन् सेना


पुस ७, काठमाडौं । सुरक्षित हवाई यात्रामा पाइलटको भूमिका त सबैलाई थाहा छ । तर, पाइलटलाई नै निर्देशन दिएर हवाई यात्रा सुरक्षित बनाउने पात्रबारे धेरैलाई थाहा छैन । त्यस्ता पात्र हुन् एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ।

एटीसीको अनुमतिबिना हवाई उडान नै सम्भव छैन । त्यसैले त हवाई उडानमा एटीसीलाई ककपिटबाहिरका कमाण्डर भनिन्छ । जहाजको इन्जिन खोल्नेदेखि बन्द गर्नेसम्मको प्रक्रियामा एटीसीको अनुमति लिनैपर्छ । एटीसीको निर्देशन उलंघन गर्नु दुर्घटनालाई निम्ता गर्नु हो ।

आजको नयाँ पत्रिकाका अनुसार देशभर करीब ३०० एटीसी रहेका छन् ।

पत्रिका अगाडि लेख्छ–भीभीआईपीको उडान गर्ने र ल्याण्ड गर्ने समयमा सेनाको प्रतिनिधि हतियारसहित एटीसी युनिटमा जाने गर्छन् । जुन एटीसीलाई सहज लाग्दैन । गलत निर्देशन देलान् र जहाजलाई खतरामा उडाउलान् भनेर निगरानी हुने गरेको हो । तर नियमअनुसार यसरी हतियारसहित एटीसी युनिटत्रि जान पाइँदैन ।

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको