प्युठानको सिरक डसना उद्योगमा आगलागी हुँदा ६५ लाखको क्षती


मङ्सिर ६, प्युठान । प्युठानको एक उद्योगमा आगलागी हुँदा ६५ लाख बढिको नोक्सानी भएको छ ।

बिहिवार दिउँसो प्युठान नगरपालिका–७ पुण्यखोला स्थित सुप्रिया सिरक डसना र मिल उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट्र भएको भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताए ।

उनका अनुसार तयारी सिरक डसना, सिरक डसना बनाउन आवश्यक कच्चा पदार्थ, निमार्ण गर्ने मेसिन, मिल नष्ट भएका छन् । साथै घरको विस मुरी धान संगै पिसाउन , कुटाउन लिएको ५ मुरी जति धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिए । केसी विगत ३ वर्ष देखि उद्योग सञ्चालन गर्दै आएका छन ।

दिउँसो २ बजे लागेको आगो १ घण्टापछि मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो स्थानिय, शसस्त्र र नेपाली सेनाले नियन्त्रणमा लिएको बताइएको छ ।

२०७५ मंसिर ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको