मङ्सिर ६, काठमाडौँ । हुवावे कम्पनिले हुवावे मेट टवान्टि प्राे नेपालमा सार्वजनिक गरेकाे छ ।
अघिल्लो महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएकाे थियाे । याे फाेन अहिलेसम्मकै सर्बाेउत्कृष्ट स्मार्टफाेन रहेकाे दाबि गरेकाे छ ।
यसमा लाईका अल्ट्रा वाइड एंगल लेन्स सहितको लाइका ट्रिपल क्यामेरा जडान गरेकाे छ। किरन ९ सय ८० सहितको एअाई (अार्टिफिसियल इन्टिलिजेन्स), ४० वाटकाे सुपर चार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री रहेकाे जनाएको छ। हुवावेले अन्य कम्पनिले डुअल क्यामेरा ल्याएकाे बेला अाफुले ट्रिपल क्यामेरा भएकाे फाेन ल्याउन सफल भएकाे दाबि गरेकाे छ ।
यसले रिभर्स चार्जिङ सपाेर्ट गर्ने भएकाले याे फाेनलाई पावर बैकिङका रुपमा पनि प्रयाेग गर्न सकिने छ । उक्त स्मार्टफाेनमा किरन ९८० काे लागि सातएनएम प्राेसेस प्रविधि अात्मसात गरेका कारण सिपियुकाे कार्य ७५ प्रतिशतले वृद्धि गर्ने तथा जिपियु क्षमतामा ४६ प्रतिशत र एनपियुमा २ सय २६ प्रतिशतले वृद्धि भएकाे कम्पनिले दाबि गरेकाे छ ।
याे फाेन एमरालन्ड ग्रिनसहित क्लासिक ब्ल्याक रंगमा उपलब्ध रहेकाे छ । यसकाे नेपाली मूल्य १ लाख २९ हजार ९ सय रुपैयाँ ताेकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस