काठमाडौंमा हुने बिप्लवको जनसभामा रोल्पाबाट १३ गाडी आउदै


मङ्सिर ६, रोल्पा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनमा रोल्पाबाट १३ वटा ठुला यात्रुवाहक बस आउने भएका छन् । उक्त गाडीमा सर्वसाधारण जनता, पार्टी कार्यकर्ताहरु आउने नेकपाका एक नेताले बताए ।

रोल्पाको सुकिदह तथा गंगादेव गाउँपालिकाबाट मात्रै २ वटा गाडीको ब्यबस्था भएको रेड फोर्सका कमान्डर पिस्तोलले बताए ।काठमाडौंमा हुने बिशाल जनसभामा सहभागी हुन आजै देखि यात्रा गर्न थालेको उनले बताए  । रोल्पाबाट राजधानी आउन करिव दुई दिन लाग्ने भएको हुँदा बिभिन्न स्थानबाट यात्रा सुरु गरिसकेको पिस्तोलले जानकारी दिए  ।

त्यसैगरि सल्यान जिल्लाबाट पनि १० ओटा गाडी जाने नेकपाका जिल्ला सेक्रेटरी लोक्पाल केसीले बताए । जनसभामा सल्यानबाट पनि सयौँको सहभागी हुने भन्दै उनले पार्टी कार्यकर्ता, बुद्धिजिवी, कर्मचारी, नागरिक समाज, पत्रकार लगाएतलाई कार्यक्रममा जान आग्रह गरेका छन् ।

मंसिर ८ गते राजधानीमा काठमाडौंमा हुने नेकपाको जनप्रदर्शन तथा जनसभालाई पार्टीको प्रबक्ता प्रकाण्डले सम्बोधन गर्नेछन भने अन्य केन्द्रिय स्तरका नेताहरुको सहभागी हुने नेकपाले जनाएको छ ।

 

२०७५ मंसिर ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको