दिउँसोमा टिपर चलाउन पाउनुपर्ने माग उच्च अदालतद्वारा खारेज


मंसिर ६, काठमाडौं । उच्च अदालत पाटनले दिउँसोको समयमा टिपर चलाउन दिनुपर्ने भन्दै दायर भएको रिट खारेज गरेको छ।

विरूवा कन्स्ट्रक्सन प्रालीले दिउँसो पनि टिपर चलाउन दिन माग गर्दै मंगलबार दिएको रिट न्यायाधीश टेकनारायण कुँवरको इजलासले खारेज गरिदिएको रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रातीमात्र टिपर चलाउन दिने निर्णय गरेपछी विरूवा कन्स्ट्रक्सनले त्यस्तो निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत पाटन गएको थियो । मन्त्रालयको निर्णयले पेशा व्यवसाय गर्न पाउने आफ्नो हक हनन गरेको उसको दाबी थियो ।

न्यायाधीश कुवँरको इजलासले उक्त रिट खारेज गरिदिएपछी अब दिउँसोमा टिपरहरू चल्न पाउने छैनन् ।

६ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको