रुकुममा स्थानीय सरकारको पंचायती शासन सुरु: सार्वजनिक कार्यक्रमको फोटो खिच्न मनाही


मङ्सिर ६, रुकुम (पश्चिम) । ‘समृद्ध गाउँ-शहरको रहर: स्वस्थ, सफा, शान्त र सुशासनयुक्त आठविसकोट नगर’ नारा बोकेको कर्णाली प्रदेशको पश्चिम रुकुम स्थित आठविसकोट नगरपालिकाले पुरानो पंचायती व्यबस्थाको झल्को दिनेगरि सार्बजनिक कार्यक्रमको समेत फोटो खिच्न नपाइने निर्णय गरेको छ ।

विसंगतिका बिरुद्द प्रेस स्वतन्त्र अभिव्यक्ति सहित बिकशित टेक्नोलोजी तर्फ बिश्व उन्मुख भैरहेको बेला पश्चिम रुकुम आठविसकोटको स्थानीय सरकारले टेख्नोलोजीको उपकरण सामाजिक संजाल प्रयोग कर्ताहरुलाइ समेत कुण्ठित पार्नेगरि सार्बजनिक कार्यक्रमको अनुमति बिना फोटो खिच्न मनाही गरेको हो ।

गत कात्तिक ३० गते नि.प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी द्वारा जारी गरेको ‘ सामाजिक संजाल र मोबाईल फोन संचालन तथा प्रयोग सम्बन्धि आठविसकोट नगरपालिकाको सूचना’ अनुसार नगरपालिकाभित्र आयोजना हुने कुनैपनि कार्यक्रम र स्थानमा स्वीकृतिबिना कसैले पनि मोवाइलबाट फोटो खिच्न नपाइने बताएको छ ।

नगरपालिकाले जारी गरेको सूचनाको ‘छ’ नम्बर बुंदामा ‘कुनैपनि कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोवाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने उल्लेख गरिएको छ’ ।

अचम्म त के छ भने, कारणबस खिचिए स्वीकृति नलिई फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा अपलोड भएका सामाग्रीमा समेत टिप्पणी गर्न, लाइक र शेयर गर्न नपाइने नगरपालिकाले जनाएको छ । बिना अनुमति अपलोड गर्ने, टिप्पणी गर्ने, लाइक र शेयर गर्नेलाई समेत प्रतिलिपि अधिकार र व्यक्तिको गोपनीयताको अधिकार प्रयोग गरि आबस्यक कारबाही गर्ने चेतावनी दिएको छ ।

सामाजिक संजाल कर्ता रुष्ट 

नगरपालिकाको यस्तो निर्णय प्रति सामाजिक संजाल कर्ताहरुले बिरोध जनाएका छन् । स्थानीय सरकारको उक्त निर्णयले व्यक्तिको प्रेस अभिव्यक्ति माथि हनन भएको भन्दै बिरोध भएको छ ।

सार्बजनिक कार्यक्रमको फोटा खिच्न समेत अनुमति लिनु पर्ने वा अनुमति बिना खिच्न नपाइने निर्णयलाई स्थानीय सरकारले पंचायत ब्यबस्था लागु गरेको भन्दै टिप्पणी बढेको छ । नयाँ संबिधानमा कुनै पनि सार्वजनिक स्थल र कार्यक्रमको फोटो खिच्न रोक नलगाउने कानुन हुँदाहुँदै पनि नगरपालिकाले किन यस्तो निर्णय गर्यो भने बारे बहस र चासोको बिषय पक्कै बनेको छ ।

हेर्नुहोस यस्ता छन् निर्णयहरु:

 

 

६ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको