आईजिपी खनाल युएर्इमा: मानब तस्करलाई कारबाही गर्नु पर्ने युएर्इका नेपालीको माग


बिनोद श्रेष्ठ/मङ्सिर ६, युएर्इ । नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनाल हाल युएईको भ्रमणमा छन्। अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन खनाल गत शनिबार युएई आएका हुन् । १८ नोभेम्बर देखी ४ दिन सम्म चल्ने उक्त महासभाले आगामी २ बर्षको लागि ईन्टरपोल अध्यक्ष सहित नयाँ कार्यसमिती चयन गर्नेछ ।

आईजिपी खनाल आईजिपीहरु मध्येकै लोकप्रिय मानिन्छन । उनी युएई भ्रमणमा रहेको जानकारी पाए पछी युएईका नेपालीहरुले बिभिन्न किसिमका प्रतिकृया दिएका छन् । दुबई हुँदै भिजिट भिजा मार्फत मानब तस्करी हुने गरेकोले उनको आगमनलाई धेरैले अर्थपूर्ण रुपले हेरेका छन् । नेफ्टा अवार्डमा भाग लिन उनी २ बर्ष अघी दुबई आएका थिए । उनी दुबईबाट फर्के लगत्तै तस्करी गरेर लगिएको ३३ केजी सुन पक्रेर चर्चामा आएका थिए ।

युएईमा सेटिङ् मार्फत अबैध बाटो भएर दैनिक १०० भन्दा बढी नेपालीहरू अाउने गरेको अनुमान गरिन्छ । झन् घरेलु महिला कामदारहरू दुबईलाई ट्रान्जिट गराएर अन्य खाडी मुलुक साउदी, कतार, अोमन, बराइन लगाएत तेश्रो मुलुकमा अोसारपोसार गर्ने दलालहरू पनि दुबईमा सकृय छन् ।

‘मानब तस्करहरुले बिभिन्न प्रलोभन दिएर लाखौं लिएर दैनिक सयौको सँख्यामा भिजिट भिसामा दुबई ल्याउदै आएका छन्, प्रहरी प्रमुख नै यहाँ आएपछी उहाँले केही कदम चाल्नु हुनेछ भन्ने आशा छ’, रस अल खैमहका रेशम लामाले भने, ‘उनिहरुलाई नेपाल एयरपोर्टबाटै ल्याईन्छ र यहाँ ल्याएर अलपत्र पारिन्छ’ ।

नेपाली काङ्रेस निकट नेपाली जनसंपर्क समितीका निबर्तमान अध्यक्ष चित्र केसीले भने खनाल नेपाल प्रहरीको ईतिहासमा असफल र असक्षम साबित भएको आरोप लगाएका छन् । प्रभाबकारी परिणाम आउने काम गर्न नसकेको भन्दै केसीले उनको आगमनले केही पनि नहुने बताए ।

तत्कालिन माओवादी केन्द्र निकट बाबुराम विश्वकर्माले आईजिपी खनालले दुबईको वास्तविकता बुझेर जानु हुने विश्वास ब्यक्त गरे । ‘उहाँले पहिले आउँदा पनि राम्रो काम गर्नु भएको थियो, यसपाली पनि गर्नु हुनेछ’ विश्वकर्माले भने, ‘मानबतस्करलाई कारबाहीको दायारामा ल्याए धेरै नेपालीहरु ठगिनबाट जोगिने थिए’।

युएईमै कार्यरत पत्रकार मेघराज सापकोटाले भने मानब तस्करहरुलाई कारबाही हुनेमा शंका ब्यक्त गरेका छन् । ‘दुताबासले गतबर्ष मानब तस्कर भनेर कयौ तस्करहरुको सुची नै जारी गरेको थियो, नेपाल सरकारले कुनै एक्सन लिएन’, सापकोटाले भने, उहाँसँग भेट्ने मौका पाए थप केही तस्करहरुको नामवाली सहित कारबाहीको लागि अनुरोध गर्नेछु । अहिले पनि केही मानब तस्करहरु मान्छे ल्याउने र आईसकेपछी उल्टै शारिरिक र मानसिक रुपमा सताउने गरेका छन्’ ।

नेपाली दुताबास अबुधाबीले गतबर्ष युएईमा रहेर मानबतस्करी गर्नेहरुको सुची नै जारी गरेको थियो । ती मध्ये कोही पनि कारबाहीको दायरामा आउन सकेका छैनन् ।कानुनको अभाबमा उनीहरुलाई पक्रन नसकिएको बताईएको छ । बरु केही समययता तस्करहरुले अलऐन, अबुधाबी, दुबई, शारजाह, अजमान र रासअल खैमह लगायत बिभिन्न स्थानहरुमा क्याम्प खडा गरी नेपालीहरुलाई अबैध मार्गबाट युएई ल्याएर भिजिट भिसाको ब्यापार गर्ने गरेका छन् ।

दुबईमा कार्यरत क्रिस सुनारले भने आईजिपी खनालको भ्रमणले निकै आशा जगाएको प्रतिकृया दिए । पहिलेको नजिर छ उहाँको युएई भ्रमणको, यसपाली पनि मानब तस्करको जालो तोड्नु हुनेछ भन्ने आशा छ’ उनले भने ।

अहिले भैरहेको महासभाले मानब दलाल र तस्करलाई कारबाहीको दायरामा ल्याउने आशा युएईमा कार्यरत नेपालीहरुले गरेका छन्

६ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको