कात्तिक ५, काठमाडौँ । भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न २ आरोपीलाई शनिबार राति पक्राउ गरिएको छ ।
जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई शनिबार राति पक्राउ गरिएको हो ।
थानाप्रमुख देवेन्द्रले दुवैजनाले शनिबार राति युवतीलाई बलात्कार गरेका थिए । आफूमाथि दुस्कर्म भएपछि २३ वर्षीय नेपाली महिलाले मुहाना अपार्टमेन्टको तेस्रो तलाबाट नांगै हाम फालेकी थिइन् ।
उनलाई प्रहरीले अस्पताल लगेका थिए । उनको उपचार भैरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस