दाङमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५०० सवारी साधन कारवाहीमा


कात्तिक ५, दाङ । दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कँुवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् ।

कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप कार, बस, ट्रक, टिपर, अटो लगायतका सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट रु तीन लाख १९ हजार राजश्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।

दशैँको अवधिमा दाङमा चार वटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको उक्त कार्यालयले जनाएको छ ।
गत वर्ष दशँैको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ । गत वर्ष सो अवधिमा एक दर्जनबढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए ।

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको