कात्तिक ५, काठमाडौं । नवलपरासीमा कौडा खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गैडाकोट नगरपालिका-१ (नवलरासी) ब्रिटिस क्याम्पस्थित कच्ची घरमा कौडा खेलीरहेका ३९ वर्षीय रमेश श्रेष्ठ लगायत १५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४ लाख ७ हजार २ सय ४० रूपैयाँ, कौडा र कौडा खेलाउने बोर्ड सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस