पूर्वएमाले र माकेका ४६ नेता-कार्यकर्ता नेकपामा प्रवेश


कात्तिक ५, कैलाली । दशैंको लागि स्थगित नेपाल कम्युनिस्ट पार्टीको अभियान पुनः सुरु भएको छ ।

जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु भएको हो । नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा विस्तार’ अभियान जारी छ ।

दशैंमा सबै व्यस्त हुने भएकोले केही दिनको लागि स्थगित गरिएको अभियान कात्तिक ४ गतेबाट पुनः सुरु गरिएको हो । अभियान सुरु भएको पहिलो दिनमै बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाबाट पूर्वएमाले र माओवादी केन्द्रका ४६ जना नेता–कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई जिल्ला इन्चार्ज विवेकले टिका लगाएर स्वागत गरेका थिए । उनीहरु पनि अभियान टोलीमा सहभागी भएका छन् । अभियान टोली सर्वसाधारणको घरदैलोमा पुगेर काममा सहभागी भएका छन् ।

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको