ताप्लेजुङका जित बहादुर युएईको हस्पिटलमा अर्धचेत अवस्थामा, उद्दारमा समस्या (भिडियो)


कार्तिक ५, युएई । ताप्लेजुङबाट बसाइँ सराई गरेर मोरङ झरेका र हाल रोजगारको शिलशिलामा युएईमा रहेका जित बहादुर लिम्बुलाई ब्रेन ह्यामरेज भएपछी अर्धचेत अबस्थामा हस्पिटलमा छन् । उनि अहिले बोलचाल गर्न नसक्ने अवस्थामा रहेका छन् ।

मोरङको रतुवामाई नगरपालिका ५ इटराबाट युएईमा रहेको पोश्पोइन्ट इन्टेरिओर डिजाइन एलएलसी कम्पनीको भिसामा २०१५ डिसेम्बरमा आएका थिए तर यतिबेला उनको भिसाको म्याद सकिएको हुँदा अवैधानिक छन् ।

यसरि अवैधानिक रुपमा रहदै आएका लिम्बुलाई गत अगस्त १६ तारिखमा ब्रेन ह्यामरेज भएपछि दुबई स्थित रशिद हस्पिटलमा भर्ना गरिएको थियो । हाल हस्पिटलको वार्ड -१ मा अर्धचेत अबस्थामा उपचार भैरहेको उनका आफन्त (ज्वाई) गंगालाल लिम्बुले पोष्टपाटी संग बताए ।

अस्पतालले बिरामी जित बहादुर लिम्बुलाई नेपाल लैजान भनेपछि थप समस्यामा परेका छन् । नेपाल लैजानको लागि आवश्यक वैधानिक कागजात नभए पछी उनि झनै समस्यामा परेको पीडितका ज्वाई गंगालालले बताए ।

नेपाल लैजानका लागि आबस्यक पर्ने रकम पनि जुटाउनु पर्ने भएको हुँदा समस्या भएको उनले बताए तर कति खर्च लाग्छ भन्ने बारे अझै एकिन नभएको सुनाए ।

आबस्यक कागजातका लागि पहल गरिदिन ताप्लेजुङ समाजलाई आग्रह गरेपछि, समाजले युएईमा रहेको नेपाली जनप्रगतिशील मोर्चा संग समन्वय गरि उद्दारका लागि पहल थालिएको छ ।

जनप्रगतिशील मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले बिरामीलाई नेपाल लैजान आबस्यक पर्ने कागजातको लागि अबुधावीमा रहेको नेपाली दूतावास संग समन्वय गरेपछि दूतावासले सहयोगका लागि आश्वासन दिएको बताए ।

आबस्यक पर्ने कागजात ब्यबस्थापनका लागि बिरामीको तर्फबाट चाहिने सपुर्ण कागजात दूतावास समक्ष बुझाई सकेको पोख्रेलले जानकारी दिएका छन् ।

उद्दारका लागि अन्य आबस्यक खर्च बारे अझै सुजबुझमा रहेको पोख्रेलले बताए । बिरामीलाई नेपाल लैजान खर्च धेरै लाग्न सक्ने अनुमान गर्दै, आबस्यक परेको खण्डमा अन्य संघ संस्थाहरुलाई पनि सहयोगका लागि पहल गर्ने पोख्रेलले बताए ।

कसरि बिरामी भए जित बहादुर 

२०१५ डिसेम्बरमा युएई आएका जित बहादुर पोश्पोइन्ट इन्टेरिओर डिजाइन एलएलसी (Poshpoint Interior Design LLC) फिनिसिङ कार्पेन्टरको काम गर्थे । कम्पनि केहि समय पछी तलव दिन छोडेपछि तलवका लागि केस लिएर लेबर कोट समेत पुगेका थिए ।

पुरानो मालिकले उक्त कम्पनी अर्कै मालिकलाई बेचेपछि उनको सम्पूर्ण बाँकी रहेको तलब र नयाँ भिसा देखि मेडिकल इन्सुरेन्स सम्म बनाइ दिने सर्तमा लिम्बु पुन: कम्पनीमा काम गर्दै आएका थिए ।

यहि क्रममा अगस्त १६ गते बिहान ड्युटी जान खोज्दा उनलाई एक्कासि चक्कर लागेको थियो ।  त्यो दिन लिम्बु काममा नगई रेष्ट गरेका थिए तर साँझको करिव ३/४ बजे तिर आफ्नै रुममा उनि बेहोस भए । उनलाई तत्कालै रशिद हस्पिटलमा भर्ना गरिएको थियो ।

लिम्बुलाई १८/१९ दिन आइसीयुमा राखेर उपचार गरिएको थियो । त्यसपछि आइसीयुबाट निकालेर करिब एक महिना जति नर्मल कोमामा राखिएको थियो ।

पहिलेको भन्दा केहि सुधार आएपछि १५-१६ दिन अघि देखि वार्ड -१ मा अर्धचेत अबस्थामा उपचार भैरहेको छ । यतिबेला बिरामीलाई नेपाल लैजान हस्पिटलका डाक्टरले सुजाव दिएका छन् ।

हेर्नुहोस भिडियो 

 

 

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको