मितेरी समाज कतार शाखाले विजया दशमीको अवसर पारेर गत शुक्रबार आफ्ना सदस्यहरु माझ टीका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
परदेशमा रहेता पनि आफ्नो रितिरिवाज धर्म संस्कृतिलाई अक्षुण्ण राख्ने,सबै राष्ट्रिय पर्व र संस्कृतिलाई उत्तिकै महत्वका साथ मनाउने तथा आफ्ना सदस्यहरु बिच आपसी सद्भाव कायम राख्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको समाजका अभियन्ता प्रेम रिजालले जानकारी दिनुभयो ।
साथै उक्त भेलाले अध्यक्ष तेजेन्द्रको सिफारिसमा द्वितीय उपाध्यक्षमा सजनी लामा र कार्यसमिति सदस्यमा अम्बिका रिजाललाई चयन समेत गरेको थियो
युएई अग्रणी सामाजिक संस्थाको रुपमा काम गर्दै आइरहेको मितेरी समाजको केही समय अघि मात्र कतार शाखाको स्थापना भएको थियो । समाजकासंस्थापक संरक्षक प्रेम रिजाल रोजगारीको सिलसिलामा कतार स्थानान्तरण भएपछि उहाँकै पहलमा कतार शाखा स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस