राष्ट्रपति विद्या भण्डारी यो हैसियत प्राप्त गर्ने मानिस होइनन : दिल निशानी मगर


कार्तिक ५, काठमाडौं । कम्युनिष्ट सरकारले यसपालिको दशैँ मनाउने नाममा गणतन्त्र नेपालको भद्दा मजाक बनाएको भन्दै यतिबेला तिब्र आलोचना बढेको छ । एकात्मक राजतन्त्रको ब्यबस्था र सामन्ती राजा चाहिदैन भन्दै ठुलो बलिदानीबाट गणतन्त्र आयो तर शासकहरु फेरिए पनि व्यवस्थाको चरित्र नफेरिएको भन्दै यतिबेला कम्युनिष्ट सरकारको चर्को आलोचना भैरहेको छ ।

पुरानो व्यवस्थाका पुराना शासकहरु फेरिए पनि व्यबस्थाको चरित्र नफेरिको भन्दै ओली नेतृत्वको कम्युनिष्ट सरकार प्रति सामाजिक संजालमा चर्को आलोचना बढेको हो ।

दशैँको टिका ग्रहण गर्दै राष्ट्रपति बिद्या देवी भण्डारी संग लपक्क झुकेर टिका ग्रहण गर्दै गरेको मन्त्रीहरुको तस्बिरले पुरानो राजतन्त्रात्मक व्यबस्थाको शैलीलाई ब्यूताएको भन्दै निकै आलोचना बढेको छ ।

युवा लेखक तथा विश्लेषक दिल निशानीले उक्त दृश्यप्रति कठोर कटाक्ष गरेका छन् ।

जन नेताको उपाधि पाएका मदन भण्डारीको श्रीमती नै महाराजा/रानीको स्वरूप धारण गरेकोमा आश्चर्य व्यक्तगर्दै स्वर्गीय नेता भण्डारीलाई स्मरण गरेका छन ।

स्वर्गीय जननेता मदन भण्डारीकि पत्नी तथा राष्ट्रपति बिद्या देवी भण्डारीको अगाडी रुढीवादी संस्कृतिलाई पछ्याउदै दशैँ टिकाको दिन लम्पसार परेर टिका थाप्दै गरेको फोटो र राजा ज्ञानेन्द्रको शरणमा टिका थाप्दै गरेका सर्वसाधारणको उस्तै सामन्ती चरित्र धारण गरेको फोटो टाँस्दै सामन्ती प्रथा ज्युदै रहेको भन्दै लामो स्टाटस लेखेका छन् ।

राजतन्त्रको अवसान गराउन पहिलो पटक राजा बीरेन्द्रलाई ललकार्दै भनेको सम्बोधनलाई उदृत गर्दै निशानीले भनेका छन्, ‘जननेता स्व. मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा चावहिल चोकको सभालाई सम्बोधन गर्दै तत्कालिन राजा वीरेन्द्रलाई चुनौती दिंदै भनेका थिए-“आउ श्रीपेच फुकालेर चुनावमा लड्न म तयार छु महाराज ! हात नलम्काई बक्सियोस ! आँखा नचम्काई बक्सियोस ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस ! यदि सन्डमुसन्डहरुलाई नै चलाउने हो भने, यदि सन्डमुसन्डहरुलाई अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्‍यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस ।”

राजतन्त्रको अन्त्य पछी पनि सामन्तवादको समुल नस्ट नभएको जिकिर गर्दै निशानीले मदन भण्डारीको आर्को मार्मिक भनाइलाई पनि स्मरण गराएका छन्, ‘सामन्तवादको सामुल अन्त्य नभएसम्म राजा रहनु र नरहनुले खासै फरक पार्दैन।’

जन नायक मदन भण्डारीको कारण राष्ट्रपति बन्न पाएको नत्र यो हैसियत प्राप्त नहुने समेत मगरले बताएका छन् ।

आज सामन्तवाद ज्युँदै रहेको र सामन्तबादको नाइके स्वर्गीय मदन भण्डारीको पत्नी विद्या देवी भण्डारीले ग्रहण गरेकोमा दुखेसो पोख्दै लेखक निशानिले भनेका छन्, ‘तिनै महान विचारकको पत्नी भएका हिसाबले बिध्यादेवी भण्डारीलाई राष्ट्रपती स्विकार्न हजम भएको थियो। नत्र कुनैपनी दृष्टीबाट उहाँ यो देशको सर्वेच्च पदमा बस्न हैसियत प्राप्त मानिस हैनिन्। जुन प्रकारको दशै टिकाका सामन्तवादी शैलीहरु जनताबाट चुनिएका भनिएका शासकका आगनमा देखिएका छन् त्यो गणतन्त्रको भद्दा मजाक बाहेक अरु केही हैन।’

मदन भण्डारीले देखेको जनताको बहुदलीय जनवादको स्वरूप र चरित्र यस्तो नभएको प्रस्ट्याउदै अझै जोडदिंदै भनेका छन्, ‘मदन मण्डारीको महान विचारमाथीका अपमान बाहेक अरु केही हैन। नयाँ राजा बन्ने अभ्यासहरु बाहेक अरु केही हैन।’

यसरि उनको भनाईलाई सरसर्ती हेर्दा पुरानो व्यवस्थाका पुराना मालिकहरुलाई फेरेर उस्तै पुरानो शैली र चरित्र बोकेको ब्यबस्थामाथि नयाँ सामन्तीहरुको हालीमुहाली भएको प्रष्टै बुझिन्छ ।

स्थानीय सरकारको निर्माण र त्यसपछि बनेको राज्य व्यबस्थाको चरित्रपछी जन्मिएको जनता र नेता बिचको ठुलो अन्तरविरोध यस्तै आचरण र शैलीले गर्दा जन्मिएको विश्लेषकहरुको बुझाइ छ ।

नेताहरुको यसपालिको दशैँ हर्कतले आम नागरिक सामु थप निराशा पैदा गरेको भन्दै सामाजिक संजालमा तिब्र असन्तुष्टि पोखिएको छ ।

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको