कृष्णनगरमा कर्फ्यु हट्यो, जनजीवन सामान्य


कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको अनिश्चितकालिन कर्फ्यु सोमबा दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।

दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबार साँझ पाँच बजेदेखि कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो।

कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए । विवादले उग रुप लिएपछि शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो।

विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो। तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

स्थानीय युवाहरूबीचको झडपका क्रममा गोलीसमेत चलेको थियो ।

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको