आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराउने बुबा पक्राउ


कात्तिक ५, गुल्मी । आफ्नै १० वर्षीया छोरीलाई अप्राकृतिक मुख मैथुन गराउने एक व्याक्ति पक्राउ परेका छन् ।

गुल्मीको इश्मा गाउँपालिका वडा नं ५ का ३७ वर्षीय ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले शुक्रबार राती आफ्नै घरको कोठामा छोरीलाई अप्राकृतिक मुख मैथुन गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए ।

आफन्तको उजुरीको आधारमा अरोपितलाई पक्राउ गरिएको र उनलाई आजै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको एसपी बस्नेतले बताए ।

केहि दिन अघि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ वर्षीय देव बहादुर सार्कीले मानसिक सन्तुलन गुमाएकी २० वर्षीया युवतीलाई बलात्कार गरेका थिए । यो बर्ष मात्रै इश्मा गाउँपालिकामा ४ वटा बलात्कारका घटना घटेका छन् ।

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको