सल्यानको बागचाैर नगरभित्र पर्ने सडक राेल्पालीले मर्मत गरेपछि…


भदौ ६, सल्यान । सल्यानकाे बागचौर–कोटमौला–पातिहाल्न सडकखण्ड बर्षातले बिगारेपनि मर्मतकाे लागी कसैले चासाे नदिएपछि रोल्पालीले आएर मर्मत गरेका छन्

राेल्पाकाे सुकिदह(हलकाे गंगादेव) गाउँपालिकाले मंगलबार डोज़र लगाएर केहि मर्मत गरेको छ । बागचाैर नगरपालिकाकाे मुख्य सडककाे रुपमा मानिने याे सडक वडा नम्बर ८ र ९ मा पर्दछ ।

बर्षातले बिगारेकाे याे सडक मर्मतकाे लागी धेरै अावाज उठेपनि कसैले चासाे देखाएका थिएनन् । यसअघि पोष्टपाटीले पनि ‘४ कराेड बजेट परेको बागचाैर-पातिहाल्न सडकखण्ड अलपत्र’ भन्ने शिर्षककाे समाचार प्रकाशित गरेकाे थियाे ।

सडक मर्मतकाे लागी पटकपटक धेरै ठाउँबाट अावाज  उठेपनि मर्मत नहुँदा गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर केसीले अाफै डाेजर ल्याएर सडक मर्मत गरेका हुन् ।

गंगादेव गाउँपालिले उत्पादित समान ढुवानी गर्नलार्इ यहि बाटाे प्रयाेग गर्ने भएकाले सडक मर्मत गरेकाे अध्यक्ष केसीले जानकारी दिए । उनले भने-“हाम्राे ठाउँमा किसानले उत्पादन गरेका धेरै कृषिजन्य सामाग्रीहरु छन्, सडक मर्मत नहुँदा ति सामाग्रीहरू कुहियर जान थालेका छन्, त्यसैले सडक मर्मत गरेका हौ ।”

बाटाे सल्यानमै परेपनि बर्षातकाे समयमा बिग्रीएपछि कसैले मर्मत नगरेकाले अाफुहरु राेल्पाबाट अाएर मर्मत गरेकाे अध्यक्ष केसीले पोष्टपाटीलार्इ जानकारी दिए ।

करिब १ लाख २५ हजार रकम खर्च गरेर बागचाैरकाे शारदा नदिदेखि पातिहाल्न बजारसम्म सडक मर्मत गरेकाे जानकारी दिए । सडक मर्मत गर्दापनि शारदा नदिमा पुल नहुँदा गाडी अावातजावात गर्न समस्या भएकाे उनकाे भनार्इ थियो ।

यता बागचाैर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष माेहाेन चन्दले राेल्पाली अाएर बाटाे मर्मत गरेकाे अाफुले थाहा नपाएको बताएका छन् । अहिले अाफुहरु काममा व्यस्त भएकाले सुकिदहले सडक मर्मत गर्याे या गरेन् भन्नेबारे अाफुहरुले कुनै जानकारी नभएको बताए ।

‘सल्यानमा अाएर राेल्पाले सडक मर्मत गर्दा तपार्इहरुलार्इ लाजमर्दाे भएन र ?’ भन्ने हाम्रो प्रश्नमा वडाध्यक्ष चन्दले बर्षातकाे समयमा सडक मर्मत नहुँने भन्दै अाफुहरुले नगरेकाे जवाफ दिएका छन् । अहिले मेसिन प्रयाेग गर्दैमा सडक सुधार नहुने समेत उनले बताए ।

वडाध्यक्ष चन्दले भने- ” सुकिदहका गाउँप्रमुखले अाफ्नाे गाडी स्कटिङ गर्नकाे लागी डाेजर ल्याएर अाएका हुन्, यसलार्इ सबैले सामाजिक संजालमा भाइरल बनाएका छन् ।”

तर काेटमाैला डागीगाउँका एक स्थानीयले बागचाैर नगरपालिकामा बिग्रिएकाे सडक मर्मत साेहि ठाउँका जनप्रतिनिधिले नगर्नु लाजमर्दाे भएकाे बताएका छन् ।

उनले काेटमाैलाकाे दमाइगाउँ-सार्किगाउँ-डागिगाउँ जाने सडकमा पनि कसैकाे ध्यान नगएकाे बताएका छन् । पहिराेले बाटाे बिगारेपछि मर्मत सुधारकाे लागी नगरपालिका र वडा कार्यालयले चासाे नदिएकाे उनकाे दुखेसाे छ ।

६ भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको